१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

८ चैत्र २०७९, बुधबार १२:०७

चैत ८, काठमाडौं | धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक १५ दशमलव ७६ अङ्कले घटेर एक हजार नौ सय ३३ दशमलव २९ मा सीमित भएको छ ।    

आजको कारोबारमा ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ३० अङ्कले घटेर तीन सय ६३ दशमलव ९१ मा झरेको छ ।   

नेप्सेका अनुसार आज कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्य घटेको छ । विभिन्न कम्पनीका ३७ लाख ७७ हजार चार कित्ता शेयर रु एक अर्ब ३३ करोड ३७ लाख १९ हजार नौ सय २९ मूल्यमा खरिद बिक्री भएका छन् । कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा छ । यो कम्पनीको रु नौ करोड १९ लाख ९८ हजार २४ बराबरको शेयर कारोबार भयो ।    

त्यस्तै एनआइसी एशिया बैंकको रु आठ करोड २४ लाख ९५ हजार चार सय ९४, हिमालयन डिस्टिलरीको रु चार करोड ५० लाख ५५ हजार चार सय ८७,  नविल बैंकको शेयर रु तीन करोड ६३ लाख ८७ हजार चार सय २५ र शिवम् सिमेन्टको रु तीन करोड ५५ लाख २७ हजार चार सय ६४ बराबरको शेयर कारोबार भएको छ ।    

आजको कारोबारमा मायाँ खोला हाइड्रोपावर कम्पनीको शेयर मूल्य नौ दशमलव ९८ प्रतिशतले बढेको छ । त्यस्तै सपोर्ट माइक्रो फाइनान्सको छ दशमलव ११, स्वाभिमान लघुवित्तको तीन दशमलव ६३ र इस्र्टन हाइड्रोपावरको तीन दशमलव १४ प्रतिशतले शेयर मूल्य बढेको छ । 

साथै आजको कारोबारमा बोट्लर्स नेपाल (तराई)को सात दशमलव ६२, सानिमा ग्रोथ फण्डको पाँच दशमलव ८५, धौलागिरि लघुवित्तको पाँच दशमलव ३९, मानुषी लघुवित्तको पाँच दशमलव शून्य तीन र न्यादी हाइड्रोपावरको शेयर मूल्य चार दशमलव १४ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ