१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

लामिछानेलाई गृह मन्त्रालय दिन प्रधानमन्त्री सकारात्मक !

९ चैत्र २०७९, बिहीबार ०६:४४

चैत ९, काठमाडौं | गत चैत ६ गते संसदबाट विश्वासको मत लिने बित्तिकै प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले चैत १० गते शुक्रवारसम्ममा मन्त्रिपरिषद्लाई पूर्णता दिने घोषणा गरेका थिए । प्रधानमन्त्रीको उक्त घोषणा अनुसार सरकारले भोलि शुक्रवारसम्म साँझसम्ममा मन्त्रिपरिषद् विस्तार हुनेछ ।

मन्त्रिपरिषद्लाई पूर्णता दिनका लागि ११ दलिय गठबन्धनको छलफल जारी छ । कतिपय दलहरुले आफ्ना लागि मागेका मन्त्रालयले पाउने निश्चित भएको छ भने कतिपयले नपाउने सम्भावना पनि छ ।


यसैबीच, रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि अब विस्तार हुने मन्त्रिमण्डलमा सहभागि हुने निश्चित छ । प्रधानमन्त्री दाहालले त रास्वपाका सभापति लामिछानेलाई गृह मन्त्रालय नै दिन सकारात्मक भएको चर्चा राजनीतिक वृत्तमा चल्न थालेको छ ।

त्यसो त प्रारम्भमा गृह मन्त्रालयले माओवादी केन्द्र आफैंले राख्ने निर्णय गरेके थियो । तर, रास्वपाका सभापति रवि लामिछानेलाई पुनः सरकारमा सहभागि गराउने पर्ने अवस्थामा उनलाई पुनः गृह मन्त्रालय दिन प्रधानमन्त्री दाहाल सकारात्मक रहेको स्रोतको दावी छ ।

लामिछानेलाई गृह मन्त्री बनाउने भएपछि प्रधानमन्त्री दाहालले वर्तमान मन्त्रिमण्डलमा रहेका मन्त्रिहरुको मन्त्रालय फेरवदल गर्ने सम्भावनासमेत उच्च रहेको बताइन्छ ।

यद्यपि, लामिछानेले भने अब बिस्तारमा हुने सरकारमा आफैं सहभागि नहुने मनस्थिति बनाएको बताइन्छ । मंसिर ४ गतेको निर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित लामिछानेको गत माघ १३ गते सर्वोच्च अदालतले नागरिकता प्रकरणमा सांसदसहित सबै पद खारेज गरेको थियो । आगामी वैशाख १० गते उक्त क्षेत्रमा उपनिर्वाचन हुँदैछ । यो उपनिर्वाचनमा उम्मेदवारी दिएर आउने परीणामपछि मात्र आफू सरकारमा सहभागी हुने लामिछानेको चाहना छ । वैशाख १० गतेको उपनिर्वाचनमा अत्यधिक मतसहित विजयी हुने कुरामा ढुक्क देखिएका लामिछाने निर्वाचनपछिमात्र सरकारमा सहभागी हुने बताउँदै आएको उनका निकटका नेताहरुले बताएका छन् ।

यता, २५ सदस्यीय मन्त्रिमण्डलमा हाल प्रधानमन्त्रीसहित सात जनामात्र मन्त्रि छन् भने १८ वटा मन्त्रालय हाल रिक्त छन् । अब बिस्तार हुने मन्त्रिपरिषद्ले यी सबै रिक्त मन्त्रालय ओगट्ने छन् ।

प्रधानमन्त्रीले संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसलाई सबैभन्दा बढी मन्त्रालय दिने तयारी गरेका छन् । यसअघि एमालेले लिएका अधिकांश मन्त्रालय कांग्रेसले पाउने निश्चितजस्तै भएको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ