१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

महतको नेतृत्वमा कांग्रेस सरकारमा सहभागी हुँदै, नारायणकाजीको उपप्रधानमन्त्री खोसिने

९ चैत्र २०७९, बिहीबार ०७:३५

चैत ९, काठमाडौं । प्रवक्ता डा. प्रकाशशरण महतको नेतृत्वमा नेपाली कांग्रेस सरकारमा सहभागी हुने भएको छ । यसअघि उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा कांग्रेस सरकारमा सहभागी हुने चर्चा थियो । तर, खड्काले नमानेपछि सभापति शेरबहादुर देउवाले महतको नेतृत्वमा सरकारमा सहभागी गराउने तयारी गरेका छन् ।

सभापति देउवाले पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम आजै फाइनल गर्ने भएका छन् । त्यसको लागि उनले आज पार्टीका शीर्ष नेताहरुसँग परामर्श गर्ने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले पनि देउवासँग मन्त्रिपरिषद् विस्तारबारे छलफल गरिसकेका छन् । मन्त्रालय बाँडफाँटमा लगभग सहमतिनजिक रहेका दाहाल र देउवाले सत्ता गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरुसँग आज पूनः छलफल गर्ने भएका छन् ।

हिजो गठबन्धनको बैठकमा पनि यसबारेमा छलफल भएको थियो । तर, नेताहरु हिजो मन्त्रालय बाँडफाँटको सहमतिमा पुग्न सकेका थिएनन् । प्रधानमन्त्री दाहालले यसपटक सरकारलाई पूर्णता दिँदा उपप्रधानमन्त्री नराख्ने भएका छन् । उनले यसबारेमा कांग्रेस सभापति देउवासँग पनि छलफल गरेका छन् । अहिले भएका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलाई पनि मन्त्रीको मात्रै जिम्मेवारी दिने दाहालको योजना छ ।

यसअघि एमाले, राप्रपा र रास्वपा सरकारमा हुँदा चार जना उपप्रधानमन्त्री थिए । चार चार जना उपप्रधानमन्त्री हुँदा सरकारको आलोचना भएको थियो । प्रधानमन्त्री दाहालले ढिलोमा चैत्र १३ गतेभित्र मन्त्रिपरिषद्लाई पूर्णता दिइसक्ने घोषणा गरेका छन् । स्रोतकाअनुसार कांग्रेसले ८, माओवादीले प्रधानमन्त्रीसहित पाँच, जसपा र एकीकृत समाजवादीले २/२ र अन्य दलहरुलाई एक/एक मन्त्रालय दिने प्रस्ताव छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ