४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सट्टेबाजीमा एजेन्ट बनेर नक्कली कम्पनीमार्फत करोडौँको कारोबार

९ चैत्र २०७९, बिहीबार १०:२२

चैत ९, काठमाडौं | नेपालमा अवैध रहेको सट्टेबाजीमा नेपाली एजेन्टहरुले नक्कली कम्पनी खडा गरी दर्जनौँ खातामार्फत करोडौँको कारोबार गरेको पाइएको छ । 

छ जना नेपाली एजेन्टहरुले विश्वमा सञ्चालित विभिन्न खेल तथा अन्य गतिविधिमा सट्टेबाजी गर्न प्रयोग हुने बेटिङ एप्लिकेशनमार्फत  सट्टेबाजी खेलाएर करोडौँको कारोबार गरेको खुलेको छ । 

प्रारम्भिक विवरणमा उनीहरुले विभिन्न समयमा सट्टेबाजी खेलाएर झण्डै ६० करोड कारोबार गरेको पाइएको प्रहरीले जनाएको छ । 

सट्टेबाजीमा जुम्ला घर भई भक्तपुर लोकन्थली बस्ने २३ वर्षका दिलिप सिंह कठायत, सोही ठाउँका भुपालराज न्यौपाने, नयनराज भण्डारी, सर्लाहीका वरुणकुमार सिंह, काठमाडौँका वासुदेव पाण्डे र काभ्रेपलाञ्चोकका शिवानी तामाङ एजेन्ट कै रुपमा संलग्न रहेको अनुसन्धानमा देखिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिनुभयो । 

सट्टेबाजी भइरहेको भन्ने सूचनाका आधारमा काठमाडौँको बानेश्वर, पेप्सीकोला र भक्तपुरको लोकन्थलीमा प्रहरीले गरेको खोज अनुस्न्धानमा उनीहरु सट्टेबाजी खेलमा प्रयोग हुने ‘वान–एक्स बेट’ का एजेन्ट रहेको पाइएको उहाँको भनाइ छ । उनीहरुले विभिन्न सेवा प्रदायक टेलिकम कम्पनीका तीन सय ३६ भन्दा बढी सिमकार्ड प्रयोग गरेको पनि अनुसन्धानका क्रममा खुलेको छ । 

उनीहरुमध्ये दिलिपले विगत १ वर्षदेखि, भूपालराज न्यौपानेले विगत ९ वर्षदेखि, नयनराजले विगत ६ वर्षदेखि, बरुणकुमारले विगत ६ महिनादेखि, शिवानीले आफ्नै नाममा खाता खोली रोशनी गुरुङलाई उक्त खाता चलाउन दिइ विगत ८ महिनादेखि र वासुदेव पाण्डेले एक महिनादेखि वान–एक्स बेटमा सट्टाबाजी गर्ने एजेन्टका रुपमा काम थालेको अनुसन्धानमा देखिएको छ । 

उनीहरुले रकम सङ्कलन र भुक्तानी गरेका आधारमा कमिसन निर्धारण हुने भएकाले त्यसको लोभमा विभिन्न व्यक्तिलाई फसाएर उनीहरुको नाममा डिजिटल वालेटमा खाता खोलेर कारोबार गर्ने गरेको पाइएको छ ।

उनीहरुमध्ये दिलिप, भुपालराज र नयनराजको नाममा रहेको आठ वटा र आफन्तको नाममा दुई वटा नक्कली कम्पनीको नाममा दुई वटा कर्पाेरेट खातासहित १२ वटा खाता सञ्चालन गरी बेटिङ कारोबार गर्ने गरेको पाइएको छ । 

तीमध्ये नौ वटा खाताको कारोबार हेर्दा हालसम्म कुल रु सात करोड ७७ लाख ८७ हजार कारोबार भएको देखिएको छ । प्रहरीका अनुसार बरुणको खातामा ८२ लाख, शिवानीको खातामा ४७ लाख कारोबार भएको पाइएको छ । 

प्रहरीको अनुसन्धानमा फेला परेको तथ्यअनुसार उनीहरुले अन्य ३५ जना व्यक्तिको नाममा डिडिटल वालेटमा खाता खोली रु ४१ करोड र अन्य १५ जना व्यक्तिको ३४ वटा खातामा १२ करोड २५ लाख कारोबार गरेको पनि फेला पारेको छ । पक्राउ परेकाहरुको खाताबाट भने रू आठ करोड ८ लाख कारोबार भएको पाइएको छ । 

उनीहरुलाई पक्राउ गरी मुलुकी अपराध संहिताको दफा १२५ को उपदफा ४ बमोजिम सट्टाबाजी गर्न नहुने कसुरअन्तर्गत जिल्ला प्रहरी परिसर भक्तपुर र काठमाडौँले अनुसन्धान थालेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ