१० कार्तिक २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

को बन्दैछ आइजिपी ?

९ चैत्र २०७९, बिहीबार ११:१८

चैत ९, काठमाडौँ | नेपाल सरकारको निर्णयानुसार प्र्रहरी नायब महानिरीक्षक (डिआइजी)बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा पदोन्नति भई बुधबार दज्र्यानी चिन्ह प्राप्त गरेको तीन दिनमै पाँचमध्ये एक जना प्रहरीको सर्वाेच्च पद (प्रहरी महानिरीक्षक) बन्नुहुनेछ । 

नेपाल सरकार मन्त्रिपरिषद्को सोमबारको निर्णयले प्रहरी नायब महानिरीक्षकबाट वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य एआइजीमा पदोन्नति हुनुभएको थियो । 


हालका प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह यही चैत १० गते राति १२ बजेदेखि ३० वर्षे प्रहरी सेवाको उमेरहदका कारण अनिवार्य अवकाशमा जाँदै हुनुहुन्छ । त्यसपछि रिक्त हुने आइजिपी पदमा हाल पदोन्नति हुनुभएका एआइजीबाटै बढुवा गर्नुपर्ने भएकाले अबको दुई दिनपछि नै पाँच एआइजीमध्ये एक जनाले महानिरीक्षकको फुली लगाउन पाउने महत्वपूर्ण अवसर प्राप्त गर्दै हुनुहुन्छ । 

काम गर्नसक्ने सक्षम, सङ्गठनलाई कमाण्ड गर्नसक्ने, नेतृत्व दिनसक्ने लगायतलाई आधार मानेर नेपाल सरकारले आइजीपी बनाउनसक्ने विद्यमान अवस्था रहेको पूर्वप्रहरी अधिकारी बताउँछन् । 

“मापदण्ड हेर्दा व्याख्याअनुसार जसलाई बनाए पनि हुने जस्तो देखिन्छ”, पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्कीले भन्नुभयो, “सरकारले राम्रै र सक्षम व्यक्तिलाई ल्याउँछ, यो नियमित प्रक्रिया हो जस्तो लाग्छ मलाई ।” पछिल्लो समयमा गृहमन्त्रालयले सरुवा बढुवामा मापदण्ड नै बनाएर लागू गरेको छ । 

सरकारले उपयुक्त व्यक्ति हो भन्ने व्याख्याका आधारमा गरेर पाँचमध्ये एकलाई आइजीपी बनाउनसक्ने देखिएको प्रहरी अधिकृतहरु बताउँछन् । सरकारले सिंहलाई गएको वैशाख १८ गते महानिरीक्षक पदमा पदोन्नति गरेको थियो । 

प्रहरी नियमावली २०७१ को दफा ४१ मा ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्न सक्ने, नेतृत्व दिनसक्ने र आफू मुनिकालाई प्रोत्साहन गर्नसक्ने व्यक्तिलाई आइजीपी बनाउनसक्ने उल्लेख छ । 

यही चैत १० मा प्रहरी महानिरीक्षक (आइजीपी) धीरजप्रताप सिंह अवकाश हुँदा उहाँसँगै तीन एआइजी पनि अनिवार्य अवकासमा जाँदै हुनुहुन्छ । सिंहकै ब्याची एआइजी सहकुलबहादुर थापा, उत्तमराज सुवेदी र दिवेश लोहनी अवकाशमा जानुहुनेछ । 

हाल बढुवा भएका एआइजीमध्ये एक जना महानिरीक्षकमा पदोन्नति भएपछि १० गते रातिपछि त्यो पदसहित गरेर चार एआइजीको पद पुनःरिक्त हुन्छ । 

हालका महानिरीक्षक सिंहको अवकाशपछि रिक्त हुने चार एआइजीमा डिआइजी सन्दीप भण्डारी, सुदीप गिरी, टेक तामाङ, उमेशराज जोशी, मीरा चौधरी, रामदत्त जोशी, भीमप्रसाद ढकाल, दुर्गा सिंह, पोषराज पोखरेल र किरण राणाबीच प्रतिस्पर्धा हुने केन्द्रीय प्रवक्तासमेत रहनुभएका प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले जानकारी दिनुभयो ।

चैत ११ पछि बढुवा हुने महानिरीक्षकको कार्यावधि संशोधनका लागि प्रक्रियामा रहेको ३० वर्षे उमेर हद नहटाइएको खण्डमा विसं २०८१ चैतसम्मको रहनेछ ।  

यसअघि महानिरीक्षकको बढुवामा राजनीतिक हस्तक्षेप भएको भनेर चर्काे आलोचनासमेत हुने गरेको थियो । पूर्वप्रहरी अधिकारी भने अब त्यसबाट मुक्त हुन जरुरी रहेको बताउनुहुन्छ ।  गृहमन्त्रालय स्रोतका अनुसार आउँदो मन्त्रिपरिषद्को बैठकले सोमबार पदोन्नति हुनुभएका एआइजीमध्येबाट एक जनालाई प्रहरी महानिरीक्षकमा पदोन्नतिको निर्णय गर्नेछ ।

एआइजीमा पदोन्नति हुनुभएका किरण बज्राचार्य प्रहरी इतिहासमै पहिलो पटक प्रहरीको सर्वाेच्च (महानिरीक्षक) पदको प्रतिस्पर्धी बन्ने महिला हुनुहुन्छ । यसअघि अतिरिक्त महानिरीक्षकमा पुगे पनि पूजा सिंह भने महानिरीक्षकको प्रतिस्पर्धामा सामेल हुन पाउनुभएको थिएन ।  बज्राचार्यसँगै डिआइजीमा बढुवा हुनुभएका मीरा चौधरी, दुर्गा सिंह र किरण राणा एआइजी बढुवामा नै पछि पर्नुभएकाले उहाँ महानिरीक्षकको प्रतिस्पर्धामा एक्लो महिलाका रुपमा प्रतिस्पर्धी हुने अवसर प्राप्त गर्नुभएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा केन्द्रिय समिति बैठक: निरन्तर आन्दोलन संगै पार्टी गतिविधि सूचारु गर्ने निर्णय विश्वकप लिग –२ अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्ने नेपाली टिमको घोषणा हाम्रो खवरदारीलाई सरकारले वेवास्ता गरे अवस्था गम्भीर हुनेछ : प्रचण्ड नेपाली जहाँ पुग्छ, त्यहाँ जागरणको बत्ति बाल्छ : प्रधानमन्त्री दलाल र पूँजीवादी दलहरुसँग सहकार्य गर्नु गल्ती थियोः प्रचण्ड फिल्म‘अग्निदहन’को ’दाइ दाइ नभन मलाई’बोलको गीत सार्वजनिक माओवादीको सामान्य खबरदारी सभाले नै सरकार थुरथुर काम्यो : सचिव शाक्य सुनका असर्फी र चाँदीका सिक्का बिक्रीको तयारी, खरिद गर्न नागरिकता अनिवार्य एमाले र कांग्रेसले लोकतन्त्र मर्न दिँदैनन्: प्रधानमन्त्री पाकिस्तानले जित्यो इंग्ल्याण्डविरुद्धको टेस्ट सिरिज हिमालको बारेमा संसारलाई बुझाउन जरुरी छ : प्रधानमन्त्री ओली एमाले हाम्रो प्रतिस्पर्धी भएकाले आगामी निर्वाचनमा धेरै तयारी गर्नपर्छ : डा.कोइराला काठमाडौंमा माओवादी केन्द्रको खबरदारी जुलुस पिएसजीसँगको पारिश्रमिक विवादमा एम्बापेको पक्षमा फैसला, पिएसजीले ६० मिलियन डलर दिनुपर्ने लिगइंग्लिस प्रिमियर फुटबल:लेस्टरमाथि नटिङघमको शानदार जीत नेपाल पर्यटन बोर्ड र राकुटेन भाइबरबिच सहकार्य इजरायलद्वारा इरानका सैन्य ठेगानामा क्षेप्यास्त्र आक्रमण आज राष्ट्रिय जलवायु सम्मेलन हुँदै रास्वपाको केन्द्रीय समितिको बैठक आज बस्दै माओवादीको खबरदारी सभा आज : ३० हजार कार्यकर्ता सडकमा उतार्ने दाबी