चैत १०, काठमाडौँ | पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालमा कुनै पनि राजाहरू गतिला नभएको टिप्पणी गरेका छन् । अहिले राजतन्त्र पुन:स्थापनाका लागि फेरि वैठकहरू बस्न थालेको भन्दै उनले चिन्ता व्यक्त गरे ।
नेकपा एसनिकट भूपू सैनिक तथा प्रहरीको कार्यक्रममा बोल्दै नेपालले पूर्वराजा पारसका विषयमा पनि टिप्पणी गरेका थिए ।
उनले भने, ‘अहिले देशको कोर्स चेन्ज गर्न राजा आऊ देश बचाऊ भन्नेहरू देखिरहनुभएको छ । राजतन्त्र पुन:स्थापना गर्नुपर्छ भन्नेहरू मिटिङ/बैठक बसिरहेका छन् । के नेपालमा कुनै राजा गतिला छन् ? उनले आएर गर्छन् ? भ्रष्टाचारबाट मुक्त छन् ? सुशासनको पक्षपोषक छन् ? त्यागी तपस्वी छन् ? जोगी सन्न्यासी भएर आएका छन् ?’
नेपालले पूर्वराजा पारसलाई लक्षित गर्दै लामो दाह्री पाल्दैमा जोगी नहुने बताए ।
‘राजाको छोराले लामो दाह्री पालेको देखेर जोगी भए भन्ने नठान्नुहोला । त्यो जोगी होइन भोगी हो,’ नेपालले भने । यदि साँच्चै त्यागी र तपस्वी हो भने नेपालको राजनीतिमा हातेमालो गर्न उनले आह्वान गरे ।