१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

गण्डकी सरकारबाट बाहिरिने माओवादीको निर्णय, मन्त्रीहरूले आजै राजीनामा दिने

१० चैत्र २०७९, शुक्रबार ०९:१५

चैत १०, गण्डकी | गण्डकी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ। माओवादीले आज संसदीय दल बैठक राखेर सरकारबाट फिर्ता हुने औपचारिक निर्णय गरेको हो। संसदीय दल नेता हरिबहादुर चुमानले सरकारबाट बाहिरिने निर्णय भएको जानकारी दिए।

गण्डकीमा माओवादीबाट चुमान भौतिक पूर्वाधार मन्त्री र रेशमबहादुर जुग्जाली उद्योग मन्त्री छन्। उनीहरूले आजै मुख्यमन्त्री खगराज अधिकारीलाई राजीनामा बुझाउने तयारी गरेका छन्। नेपाली कांग्रेस र माओवादीबीच प्रदेश सरकार आलोपालो गर्ने तयारी छ। तर पहिलो कार्यकाल को मुख्यमन्त्री बन्ने भन्ने अझै टुंगो लागिसकेको छैन।

प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीबार गण्डकी सरकार छाड्न माओवादी प्रदेश समितिलाई निर्देशन दिएका थिए। माओवादीसहितको समर्थनमा गण्डकीमा नेकपा एमाले संसदीय दल नेता खगराज अधिकारी मुख्यमन्त्री छन्। माओवादीले समर्थन फिर्ता लिएपछि अब मुख्यमन्त्री अधिकारीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने हुन्छ।

यहाँ एमालेको उपसभामुखसहित २२, माओवादीका सभामुखसहित ८ जना सांसद छन् भने नेपाली कांग्रेसका २७ जना सां‌सद छन्। राप्रपाका २ र नेकपा एकीकृत समाजवादीका एक जना सांसद छन्।

६० सदस्यीय प्रदेश सभामा कांग्रेस र माओवादी गठबन्धन गरेमा सरकार बन्न बहुमत पुग्छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ