१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

दाइजो मुद्दाका आरोपी डा.चौधरी जेलमुक्त

१० चैत्र २०७९, शुक्रबार ०९:२९

चैत १०, काठमाडौँ | महोत्तरीको चर्चित दाइजो मुद्दाका आरोपी डाक्टर पङ्कज चौधरी जेलमुक्त भएका छन् । पत्नी नेहा चौधरीले दाइजोमा पति डा चौधरीले काठमाडौँमा घर किनिदिन भनेको भन्दै महोत्तरी जिल्ला अदालतमा उनीविरुद्ध मुद्दा दायर गरेपछि गत पुस २२ गते महोत्तरी जिल्ला अदालतको आदेशमा डा चौधरी पुर्पक्षमा जलेश्वर कारागार गएका थिए ।

जिल्लाकै रामगोपालपुर नगरपालिका–५ घर भएका डा चौधरीलाई उच्च अदालत जनकपुरका न्यायाधीशद्वय विष्णु कोइराला र रामेश्वर रेग्मीको संयुक्त इजलाशले बिहीबार तीन लाख धरौटी लिएर डा चौधरीलाई छाड्न आदेश दिएको थियो । डा चौधरी सोहीबमोजिमको धरौटी बुझाएर आज जेलमुक्त भएका छन् ।

जिल्लाकै औरही नगरपालिका–५ घर भएका नेहा चौधरीसँग तीन वर्षको प्रेमपश्चात् २०७८ फागुन २५ गते डा पङ्कज चौधरी र नेहा चौधरीको विवाह सामाजिक परम्परा अनुसार विवाह भएको थियो । तर विवाहको चार महिनापछि नै पति पत्नीबीच तनाव र झै–झगडा हुन थालेपछि दुवै जना एक अर्काप्रति मुद्दामा गएका थिए ।

पत्नी नेहा चौधरीले पति डा पङ्कज चौधरीले आफ्नो माइती पक्षसँग विवाहकै बेला एक करोड बढी दाइजो लिइसकेको र अहिले थप दाइजोका रुपमा काठमाडौँमा घर किनिदिन भन्दै आफूलाई घरेल हिंसा र मानसिक तथा शारीरिक यातना दिँदै आएको भन्दै अदालतमा मुद्दा दायर गर्नुभएको थियो ।

यता पति डा पङ्कज चौधरीले पत्नी नेहाको सबै आरोप निराधार रहेको र आफूलाई जानी जानी फसाउने तथा आफ्नो कैरियर खराब पार्न पत्नी नेहाले झूठा आरोप तथा मुद्दा लगाएको आरोप लगाउँदै आएका छन् ।

बुहारीले दिएको दाइजोसम्बन्धी कसुरमै डा पङ्कज चौधरीका बुवा ६० वर्षीय रामप्रवेश चौधरीलाई पनि महोत्तरी जिल्ला अदालतले गत फागुन ३० गते पुर्पक्षका लागि जलेश्वर कारागारमा पठाएको थियो भने उनी अझै जेलमै छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ