२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

राप्रपा र नेमकिपाले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने

२०७९, १० चैत्र शुक्रबार ०९:५३

चैत १०, काठमाडौँ | राप्रपा र नेमकिपाले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत नदिने भएका छन् । शुक्रबार बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै नेमकिपा बागमती प्रदेशसभाका संसदीय दलका नेता सुरेन्द्रराज गोर्साइ र राप्रपाका संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत नदिने बताए ।

नेमकीपाका नेता गोर्साइले केन्द्रमा देखिएको राजनीतिक अस्थिरता प्रदेशमा पनि सरेको बताए । उनले अङ्कगणितलाई हेरेर देशका मुख्य दलहरू स्वर्थ पुरा गर्नमा नै केन्द्रीत भएको भन्दै विरोध जनाए । उनले देश र जनताले खोजेको समृद्धि वर्तमान सरकारले दिन नसक्ने भन्दै प्रदेशसभाका सबै दलहरू एकजुट भएर प्रदेशबासीको हितका लागि अघि बढ्नु पर्ने बताए । एमसिसी परियोजनामा हस्ताक्षरको विपक्षमा नेमकिपा रहेकाले वर्तमान सरकारको नेतृत्व गरिरहेको पार्टी पनि सो विषयमा हस्ताक्षरकर्ता भएकाले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत नदिने उनले बताए ।

यता राप्रपाका नेता थापाले पार्टीको भन्दा सिद्धान्त नै फरक रहेको सरकारलाई समर्थन दिन नसक्ने बताए । उनले वर्तमान सरकार जनताप्रति उत्तरदायी नरहेको बताए । राप्रपाको विचार र सिद्धान्त अनुसार धारणा राख्न समेत नदिइएको भन्दै उनले गुनासो गरे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति