१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

राप्रपा र नेमकिपाले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने

१० चैत्र २०७९, शुक्रबार ०९:५३

चैत १०, काठमाडौँ | राप्रपा र नेमकिपाले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत नदिने भएका छन् । शुक्रबार बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै नेमकिपा बागमती प्रदेशसभाका संसदीय दलका नेता सुरेन्द्रराज गोर्साइ र राप्रपाका संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत नदिने बताए ।

नेमकीपाका नेता गोर्साइले केन्द्रमा देखिएको राजनीतिक अस्थिरता प्रदेशमा पनि सरेको बताए । उनले अङ्कगणितलाई हेरेर देशका मुख्य दलहरू स्वर्थ पुरा गर्नमा नै केन्द्रीत भएको भन्दै विरोध जनाए । उनले देश र जनताले खोजेको समृद्धि वर्तमान सरकारले दिन नसक्ने भन्दै प्रदेशसभाका सबै दलहरू एकजुट भएर प्रदेशबासीको हितका लागि अघि बढ्नु पर्ने बताए । एमसिसी परियोजनामा हस्ताक्षरको विपक्षमा नेमकिपा रहेकाले वर्तमान सरकारको नेतृत्व गरिरहेको पार्टी पनि सो विषयमा हस्ताक्षरकर्ता भएकाले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत नदिने उनले बताए ।

यता राप्रपाका नेता थापाले पार्टीको भन्दा सिद्धान्त नै फरक रहेको सरकारलाई समर्थन दिन नसक्ने बताए । उनले वर्तमान सरकार जनताप्रति उत्तरदायी नरहेको बताए । राप्रपाको विचार र सिद्धान्त अनुसार धारणा राख्न समेत नदिइएको भन्दै उनले गुनासो गरे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ