१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

बागमतीका मुख्यमन्त्री जमकट्टेलले पाए विश्वासको मत

१० चैत्र २०७९, शुक्रबार १०:२२

चैत १०, काठमाडौँ | बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले विश्वासको मत पाएका छन्। प्रदेश सभामा उपस्थित ९१ जना प्रदेश सभा सदस्यमध्ये ६७ जनाले मुख्यमन्त्री जम्मकट्टेललाई मत दिएका थिए। 

नेपालको संविधानको धारा १८८ को उपधारा २ तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम बमोजिम मुख्यमन्त्री जमकट्टेलले आफुमाथि प्रदेश सभाको बहुमत सदस्यहरूको विश्वास छ भनी सदनमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका थिए।

सो प्रस्तावको विपक्षमा नेकपा एमाले र नेपाल मजदुर किसान पार्टीले मतदान गरे। विपक्षमा १७ मत परेको थियो। त्यस्तै राप्रपाले ७ मत तटस्थमा मतदान गरेको थियो। 

मुख्यमन्त्री जमकट्टेललाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीका सांसद्हरूले जमकट्टेललाई मत दिएका हुन्। 

यससँगै जमकट्टेल नेतृत्वको सरकारले निरन्तरता पाएको छ। कूल ११० जना प्रदेश सभा सदस्य रहेको बागमतीमा कांग्रेसको ३७, माओवादी केन्द्रको २१, नेकपा एमालेको २७, नेकपा एकीकृत समाजवादीको ७, राप्रपाको १३ र हाम्रो नेपाली पार्टीको २ र नेपाल मजदुर किसान पार्टीको ३ जना सांसद् रहेका छन्। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ