२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

चितवन–२ को उपनिर्वाचनमा रवि लामिछानेसँग भिड्न झलनाथलाई दबाब, कांग्रेसले के गर्ला ?

२०७९, १० चैत्र शुक्रबार १०:३७

चैत १०, काठमाडौँ | नेकपा (एकीकृत समाजवादी) पार्टीले बैशाख १० गते हुने बारा–२, चितवन–२ र तनहुँ–१ को उपनिर्वाचनमा एक क्षेत्र पाउनुपर्ने दाबी गरेको छ । पार्टीभित्र सम्मानित नेता झलनाथ खनाललाई उपनिर्वाचनमा चितवन–२ बाट उम्मेदवार बनाउनेगरि छलफल चलेको उच्च स्रोतको दाबी छ । नेता खनालले पनि पाँचथर पुगेर आफ्नो दलले मागेजति मन्त्रालय र उपनिर्वाचन हुने तीन क्षेत्रमध्ये एक क्षेत्र नपाए सरकारमा नजाने खुलासा गरेका छन् ।


नेता खनाल आँफै उपनिर्वाचन लड्ने मुडमा पुगेका छन् । चितवन–२ मा सत्ता गठबन्धनको साझा उम्मेदवारको रुपमा उनलाई चुनावी मैदानमा उतार्ने नेकपा (एकीकृत समाजवादी) को तयारी छ । अध्यक्ष माधव नेपालले यसबारेमा प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि छलफल गर्ने बताईएको छ।

सत्ता गठबन्धनमै रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन–२ मा उठ्दैछन् । यसअघि सो क्षेत्रमा उनी नै अत्यधिक बहुमतका साथ विजयी भएका थिए । तर, नागरिकतासम्बन्धी विवादबारे सर्वोच्च अदालतको फैसलाका कारण उनी सांसदबाट मुक्त भएका थिए । अहिले उनको नागरिकता र पासपोर्टसम्बन्धी विवाद सल्टिएको छ । उनी चुनावी मैदानमा उत्रिने तयारीका साथ चितवनमै सक्रिय हुन थालेका छन् । कांग्रेसका नेताहरुले पनि सो क्षेत्रमा जित्नेगरि तयारी थालेको बताएका छन् ।

सभापति देउवाले उम्मेदवार छनौटको तयारीसमेत थालेका छन् । उम्मेदवार चयन गर्न जिल्लाबाट नाम मगाएका छन् । यसअघि उक्त क्षेत्रमा रवि लामिछाने निर्वाचित हुँदै गर्दा कांग्रेस र एमालेका उम्मेदवार दोस्रो र तेस्रो भएका थिए । कांग्रेसबाट उमेश श्रेष्ठ र एमालेबाट कृष्णभक्त पोखरेल उम्मेदवार थिए । अहिले दुवै जना पूनः चुनाव लड्ने मुडमा छन् ।

चितवन कांग्रेसको बलियो जनाधार भएको जिल्लाको रुपमा परिचित छ । सत्ता गठबन्धनका मुख्य घटकहरु कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले साझा उम्मेदवार तय गर्नसक्ने सम्भावना पनि रहेको चर्चा छ । माधव नेपालले खनाललाई अघि सार्दा देउवाको साथ लिन खोजेका छन् । देउवा भने कुनैपनि हालतमा सो क्षेत्रमा आफ्नो दलबाटै उम्मेदवार बनाउने अडानमा छन् । गठबन्धनमा अहिले मन्त्रिपरिषद् विस्तारबारे छलफल केन्द्रित छन् । मन्त्रिपरिषद् विस्तारलगत्तै प्रधानमन्त्री दाहालले गठबन्धनमा उपनिर्वाचनबारे छलफल गर्ने तयारी गरेका छन् । -रिपोटर्स नेपालबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति