चैत ११, काठमाडौँ | नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक केहीबेरअघि सुरु भएको हो।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र मन्त्रिपरिषद् विस्तारबारे छलफल हुने बताइएको छ।
विश्वासको मत लिएको एक-दुई दिनमै सरकारलाई पूर्णता दिने बताउँदै आएका प्रचण्ड विश्वासको मत लिएको पाँच दिन बितिसक्दा पनि सरकार विस्तार गर्न सकिरहेका छैनन्।
माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले अबको दुई दिनभित्रै मन्त्रिपरिषदले पूर्णता पाउने दाबी गरेका छन्।