२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रवि लामिछानेमाथि मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरुद्ध रिट लैजाने तयारी

२०७९, १२ चैत्र आईतवार ०९:५९

चैत १२, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि राहादनीसम्बन्धी मुद्दा नचलाउने निर्णयविरुद्ध रिट लैजाने तयारी गरिएको छ । उनको सांसद पदको योग्यतासम्बन्धी रिट दायर गरेका युवराज पौडेल (सफल) महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने तयारी गरेका हुन् ।

यसअघि, अमेरिकी नागरिक रहँदै नेपाली राहदानी प्राप्त गरी दुरुपयोग गरेको भन्दै लामिछानेविरुद्ध अनुसन्धान गरिएको थियो । गएको फागुनमा प्रहरीले अनुसन्धान सकी लामिछानेविरुद्ध मुद्दा दायर गर्नु नपर्ने रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको थियो ।

सोहीअनुसार जिल्ला सरकारी वकिल कार्यालयले उनीविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको थियो । त्यसको जानकारी उच्च सरकारी वकिल कार्यालय पाटनलाई गराइएको थियो । उच्चले समेत लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय गर्‍यो ।

सो निर्णय महान्यायाधिवक्ता कार्यालयलाई जानकारी गराइयो । महान्यायाधिवक्ता कार्यालयले पनि लामिछानेविरुद्ध मुद्दा चलाउनु नपर्ने निर्णय गरेको थियो । अमेरिकी नागरिक रहँदा नेपाली राहदानी प्राप्त गरे पनि त्यसको प्रयोग नगरेको मुख्य आधार लिँदै महान्यायाधिवक्ता कार्यालयले मुद्दा चलाउनु नपर्ने निर्णय गरेको थियो ।

महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध सकेसम्म छिटो रिट लैजाने तयारी आफूले गरेको पौडेल बताउँछन् । “महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध रिट हामी छिटोभन्दा छिटो लग्ने तयारीमा छौँ,” पौडेलले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति