१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

हामीलाई गृहमन्त्री चाहिन्छ भनेर मैले भनेको छैन: माधव नेपाल

१२ चैत्र २०७९, आईतवार ११:०६

चैत १२, काठमाडौँ | नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले छिट्टै मन्त्रिपरिषद बिस्तार हुने बताएका छन्।

उनले सत्ता गठबन्धनबाट सरकारका न्यूनतम कार्यक्रम बनाउने काम भइरहेको र त्यसमा हस्ताक्षर भएपछि सरकारमा सहभागी हुने बताए।


‘सरकारको न्यूनतम साझा कार्यक्रम तयार पार्न छलफल भइरहेको छ। टुंगो लाग्ला। हस्ताक्षर होला। त्यही कार्यक्रमका आधारमा मन्त्रिपरिषदले पूर्णता पाउने हो,’ संघीय संसद भवन नयाँ बानेश्वरमा आज पत्रकारहरूसँग कुराकानी गर्दै उनले भने।

प्रतिनिधि सभामा एकीकृत समाजवादीको १० सांसद छ।

एकीकृत समाजवादीले गृह मन्त्रालयमा दाबी गरेको हो? भन्ने पत्रकारको प्रश्नमा अध्यक्ष नेपालले भने, ‘तपाईंहरू अन्तरयामी हुनुभयो कि क्या हो? मेरो मुखबाट त कहिले पनि गृह पनि अर्थ पनि निस्केको छैन।’

उनले देशको अर्थतन्त्रका समस्याहरूलाई समाधान गर्न सक्नेलाई अर्थ मन्त्रालय दिनुपर्ने पनि बताए। उनले परराष्ट्र मन्त्रालय पनि काबिल व्यक्तिलाई दिनुपर्ने बताए।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै पार्टीसँग छलफल गरेपछि मात्रै मन्त्रिपरिषद बिस्तार हुने उनले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ