१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

बजारमा काजुको माग अचानक बढेको हो त ?

१२ चैत्र २०७९, आईतवार ११:५९

चैत १२, काठमाडौँ | महंगो ड्राइफ्रुटका रुपमा चिनिने काजु अहिले सामाजिक सञ्जालमा चर्चामा छ । ऋषि धमला र शर्मिला वाइबाको ‘काण्ड’ ले काजुको छवि नै बिग्रिने गरी ट्रोल भइरहँदा बजारमा चाहिं कस्तो असर परेको हुँदो हो त ?

हामीले केही पसलेहरुसँग बुझ्दा उनीहरुले काजुको व्यापार उल्लेख्य बढेको बताए । यद्यपि, कतिपय उपभोक्ता भने काजु किन्न आउँदा धकाउने गरेको उनीहरुको अनुभव छ । कलंकीस्थित श्रेष्ठ किराना पसलका सञ्चालक ओम श्रेष्ठले पछिल्ला दिनहरुमा काजुको ‘सर्टेज’ नै हुन थालेको दाबी गरे । होलसेलमा पनि नपाएर उपभोक्तालाई फर्काउनु परेको उनले सुनाए ।


श्रेष्ठले भने, ‘मैले आधा केजीसम्मको प्याकेट बनाएर काजु बिक्री गर्ने गरेको छु । आधी केजीको १ हजार रूपैयाँ पर्छ । तर, केही दिनदेखि काजु नै सकिएको छ । धेरै ग्राहकलाई फर्काउनुपरेको छ । काजु ल्याउने पार्टीलाई फोन गर्दा पनि बजारमा कमी भएकाले केही दिनमा मात्रै ल्याइदिन्छु भन्ने उत्तर दिइरहेका छन् ।’ माग धेरै भएको कारण अब खुला काजु पनि बिक्री गर्ने श्रेष्ठले बताए ।

मसला भण्डारका सञ्चालक दिनेश अग्रवालले पनि पछिल्लो केही दिनमा काजुको माग निकै बढेको बताए । अग्रवालले भने, ‘पहिले मेरो पसलमा आएका ग्राहकमध्ये ४० देखि ५० प्रतिशतले काजु किन्ने गरेका थिए । केही दिनदेखि ७० प्रतिशत जति ग्राहकले काजु किन्छन् ।’

यसअघि कोरोनाकालमा काजुको बिक्री यसैगरी बढेको उनको अनुभव छ । अहिले चाहिं के कारणले माग बढेको हो भन्ने उनले हेक्का पाएका छैनन् ।

‘काेरोनाको बेला शरीरमा तागत आउँछ भनेर काजुको माग बढेको थियो । तिहारका बेला अत्यधिक माग हुनु स्वाभाविक हो । अहिले खोइ के कारण हो, झण्डै तिहारकै बेलामा जस्तो बिक्री बढेको छ’, अग्रवालले दाबी गरे ।

ज्योति ट्रेडर्सका सञ्चालक रमेश मिश्रले पनि नेपाली बजारमा काजुको माग केही दिनदेखि बढेको उल्लेख गरे । ‘देश आर्थिक मन्दीमा छ भन्छन् । अन्य वस्तुहरुको बिक्री कमजोर छ । तर, काजुको बिक्री भने अचानक बढेको छ’, मिश्रले भने ।

दैनिक ३ देखि ५ केजीसम्म काजु बिक्री हुने ठाउँमा अहिले ८ देखि १२ केजी बिक्री भइरहेको उनको अनुभव छ । पसलमा काजु किन्न आउने कतिपय ग्राहक खितखित हाँस्ने गरेको पनि मिश्र बताउँछन् ।

‘खोइ किन काजुलाई यसरी हाँसोको विषय बनाइएको हो, थाहा छैन । हामी व्यापारीलाई व्यापार भए पुग्यो, अरु चासो नै छैन’, उनले भने ।

बजारमा काजुको अभाव भने नरहेको पसलेहरु बताउँछन् । नेपालमा प्रतिकिलो १ हजार ५ सयदेखि २ हजार ३ सयसम्म मूल्यमा काजु बिक्री हुने गरेको छ ।

कति आयात हुन्छ काजु ?

भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०७९/८० को ७ महिनामा नेपालमा विभिन्न देशबाट ४१ करोड ४५ लाख रुपैयाँ बराबरको ६ लाख ३३ हजार केजी काजु आयात भएको छ ।

नेपालमा चीन, भारत, नाइजेरिया, भियतनाम, सिंगापुरलगायतका देशबाट काजु आयात भएको छ । भारतबाट सबैभन्दा धेरै ५० करोड रुपैयाँको काजु नेपालमा भित्रिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ