१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

जनतासँग गरिएका प्रतिबद्धता तथा सङ्कल्प बिर्सन हुँदैनः सभापति शर्मा

१४ चैत्र २०७९, मंगलवार ०३:१६

चैत १४,  गण्डकी | नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले निर्वाचनका क्रममा जनतासँग गरिएका सङ्कल्प बिर्सन नहुने बताउनुभएको छ ।

नेपाली कांगेस गण्डकी प्रदेश कार्यसम्पादन समितिको सोमबार बसेको बैठकमा उहाँले प्रदेश तथा सङ्घको निर्वाचनमा आम जनताको विश्वासका कारण पहिलो दल बनेको जनाउँदै उहाँले जनताबीच गरिएका प्रतिबद्धतालाई बिर्सन नहुने बताउनुभयो ।

“हामीले जनतासँग एउटा सङ्कल्प गरेका छौँ, जुन विश्वासलाई अब काममा देखाउने अवस्था आएको छ । हिजोको कामलाई अध्ययनमा राखेर कसैलाई भेदभाव नगरी नकरात्मक टिप्पणी नउठ्ने गरी सावधान रहेर सत्तामा रहेका र पार्टीमा रहेका सम्पूर्णले सकरात्मक काम गर्नुपर्छ”, उहाँले भन्नुभयो । अब पाँच वर्षपछि निर्वाचनमा जाँदा जनताले प्रत्यक्ष मनन गर्ने गरी काम गरेमा मात्र जनताको आशा र भरोसाले सार्थकता पाउने उहाँले बताउनुभयो । 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले नेपाली कांग्रेसको नेतृत्वमा गण्डकी प्रदेश सरकार बन्ने वातावरण बनेको बताउनुभयो । कांग्रेसको नेतृत्वमा सरकार बने पनि मन्त्रालयको सङ्ख्या नबढ्ने बताउँदै उहाँले जनताबाट जश पाउने गरी काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।

पार्टी तहमा केन्द्र, प्रदेश र जिल्लाले जनमुखी कार्यक्रम गर्दा नजुध्ने गरी काम गर्नुपर्ने उल्लेख गर्दै उहाँले यसबाट पार्टीका विभिन्न निकाय र जनतामा थप हौसला प्रदान गर्ने बताउनुभयो ।

नेपाली कांग्रेस गण्डकी प्रदेशका प्रवक्ता माधवप्रसाद बाँस्तोला (मधु)ले जिल्ला कार्यसमितिलाई चलायमान, गतिशील व्यवस्थित बनाउनका लागि गण्डकी प्रदेशका ११ जिल्लाका सचिव, कोषाध्यक्ष र सहसचिवसँग अन्तक्र्रिया तथा अभिमुखीकरण कार्यक्रम गर्ने बैठकले निर्णय गरेको जानकारी दिनुभयो ।

पार्टी सङ्गठन मजबुद बनाउनका लागि प्रदेशका ११ वटै जिल्लामा एकसाथ पार्टी सदस्यता वितरणको अभियान चलाउने निर्णय गरिएको समेत गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ