१० कार्तिक २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

राष्ट्रिय सुरक्षाका लागि नागरिकमा एकताको भावना विकास आवश्यक : प्रधानमन्त्री

१४ चैत्र २०७९, मंगलवार ०८:४४

चैत १४, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सुरक्षाका लागि आम नागरिकमा देशप्रतिको जिम्मेवारीबोध र एकताको भावना विकास गर्दै जानुपर्ने बताउनुभएको छ । 

आज राष्ट्रिय सुरक्षा तालिमको समापन समारोहमा उहाँले राष्ट्रिय सुरक्षाको विषय सैनिक शक्ति मात्रै हो भन्ने परम्परागत दृष्टिकोणबाट व्यापक र फराकिलो भइसकेको बताउनुभयो । 

प्रत्येक राष्ट्रले आ–आफ्नो मूल्य–मान्यता र मूल नीतिमा आधारित रहेर राष्ट्रिय सुरक्षालाई सुदृढ बनाउन लागिपरेको बताउँदै उहाँले राष्ट्रिय सुरक्षा राजनीतिक, सामाजिक, आर्थिक एवं भौगोलिकलगायत अन्य सबै पक्षको समग्र सुरक्षा भएकोमा जोड दिनुभयो । 


“राष्ट्रिय सुरक्षाका विषयमा सार्वभौमिकता, राष्ट्रिय अखण्डता, सामाजिक, आर्थिक,  सांस्कृतिक, पर्यावरणीय एवं मानवीय पक्षलगायत पक्षलाई पनि सम्बोधन गर्नु उत्तिकै आवश्यक छ”, उहाँले भन्नुभयो ।  

नेपालको वर्तमान परिप्रेक्ष्यमा राष्ट्रिय सुरक्षाको विषय अत्यन्तै महत्वपूर्ण र संवेदनशील रहेको उल्लेख गर्नुभयो । “विश्व परिवेशमा भइरहेका घटनाका कारण हरेक राष्ट्रको राष्ट्रिय सुरक्षामा प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ । यो तथ्य नेपालजस्ता मुलुकका लागि झन् बढी महत्वपूर्ण हुने गर्दछ”,उहाँले भन्नुभयोराष्ट्रिय सुरक्षाका सम्बन्धमा भएको क्रमिक विकास र परिवर्तन, अन्तर्राष्ट्रिय एवं क्षेत्रीय रुपमा उदीयमान शक्ति राष्ट्रहरु, सूचना एवं प्रविधिको तीव्रतर र बहुआयमिक विकासका साथै राष्ट्रिय रुपमा राजनैतिक, सामाजिक, सांस्कृतिक एवं आर्थिक क्षेत्रमा देखिएका परिवर्तनले सुरक्षामा महत्व राख्ने उहाँको भनाइ छ ।

प्रधानमन्त्री दाहालले नेपालको संविधानले निर्देशित गरेको सार्वभौमिकता, स्वतन्त्रता, भौगोलिक अखण्डता र राष्ट्रिय एकतालाई अक्षुण्ण राख्दै बहुजाति, धर्म, भाषा, संस्कृति र सम्प्रदायमा पारस्परिक सद्भाव सहिष्णुता र ऐक्यबद्धता कायम गर्दै राष्ट्रिय सुरक्षा प्रणालीलाई विकास गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

‘राष्ट्रिय सुरक्षा नीति–२०७३’ लाई परिवर्तित समयको मागअनुसार समसामयिक परिमार्जन गरी ‘राष्ट्रिय सुरक्षा नीति–२०७५’ कार्यान्वयनमा ल्याइसकिएको उहाँको भनाइ छ । उहाँले यसबाट नेपालका सबै सुरक्षा निकायलाई सबल, सक्षम, सुदृढ, व्यावसायिक बनाउन लागिपरेको स्पष्ट पार्नुभयो । 

प्रधानमन्त्री दाहालले आन्तरिक एवं बाह्य सुरक्षा चुनौतीको समयमा नै पहिचान, विश्लेषण गरी  प्रतिरक्षा नीति, आन्तरिक सुरक्षा तथा सार्वजनिक सूचना नीति, परराष्ट्र नीति तथा अर्थ नीति तर्जुमा गरी राष्ट्रिय सुरक्षा सुदृढ बनाउन टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

वर्तमान समयमा विभिन्न सुरक्षा चुनौतीको सामना गर्नु परिरहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले देशको भू–राजनैतिक अवस्थिति, अन्तर्राष्ट्रिय एवं क्षेत्रीय रुपमा शक्ति राष्ट्रहरुको सामरिक सामथ्र्यको बढोत्तरी, प्रतिस्पर्धा एवं प्रभाव, सीमा विवाद, जलवायु परिवर्तनका साथै आन्तरिक रुपमा विद्यमान रहेको राजनीतिक जटिलताका चुनौती देखापरेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “विश्व आर्थिक मन्दी र त्यसको प्रभाव, राष्ट्रिय एकता र सुरक्षामाथि प्रहार गर्न खोज्ने अतिवादी एवं पृथकतावादी सोच, दक्ष जनशक्तिको पलायन, खुला सीमाना र त्यसले निम्त्याउन सक्ने आपराधिक गतिविधिलगायतका चुनौती आज हामीले एकसाथ सामना गर्नुपरिरहेको छ ।”

चुनौतीको प्रतिवाद एवं समाधानका लागि राजनीतिक, अर्थतन्त्र, कूटनीति, सञ्चार तथा सैन्य शक्तिलाई उचित नीति एवं साधन स्रोतले सम्पन्न गराउँदै समन्वय र सहकार्यको माध्यमबाट राष्ट्रिय हितअनुरुप चुनौतीहरुको सामना गर्न सक्षम रहेको प्रधानमन्त्रीले विश्वास व्यक्त गर्नुभयो । उहाँले त्यसका लागि सरकारका तर्फबाट आवश्यक सहयोग र सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

राष्ट्रिय सुरक्षाजस्तो अति महत्वपूर्ण विषयमा उच्चस्तरको तालिम सञ्चालन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने रक्षा मन्त्रालय, नेपाली सेना एवं सैनिक कमान्ड तथा स्टाफ कलेजलगायत सबैलाई प्रधानमन्त्रीले धन्यवाद दिनुभयो । 

सो अवसरमा नेपाली सेनाका प्रधानसेनापति, विभिन्न मन्त्रालयका सचिव, सुरक्षा निकायका प्रमुख, तालिममा सहभागी नेपाल सरकार तथा अन्य निकायका वरिष्ठ अधिकृतलगायतको सहभागिता थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो खवरदारीलाई सरकारले वेवास्ता गरे अवस्था गम्भीर हुनेछ : प्रचण्ड नेपाली जहाँ पुग्छ, त्यहाँ जागरणको बत्ति बाल्छ : प्रधानमन्त्री दलाल र पूँजीवादी दलहरुसँग सहकार्य गर्नु गल्ती थियोः प्रचण्ड फिल्म‘अग्निदहन’को ’दाइ दाइ नभन मलाई’बोलको गीत सार्वजनिक माओवादीको सामान्य खबरदारी सभाले नै सरकार थुरथुर काम्यो : सचिव शाक्य सुनका असर्फी र चाँदीका सिक्का बिक्रीको तयारी, खरिद गर्न नागरिकता अनिवार्य एमाले र कांग्रेसले लोकतन्त्र मर्न दिँदैनन्: प्रधानमन्त्री पाकिस्तानले जित्यो इंग्ल्याण्डविरुद्धको टेस्ट सिरिज हिमालको बारेमा संसारलाई बुझाउन जरुरी छ : प्रधानमन्त्री ओली एमाले हाम्रो प्रतिस्पर्धी भएकाले आगामी निर्वाचनमा धेरै तयारी गर्नपर्छ : डा.कोइराला काठमाडौंमा माओवादी केन्द्रको खबरदारी जुलुस पिएसजीसँगको पारिश्रमिक विवादमा एम्बापेको पक्षमा फैसला, पिएसजीले ६० मिलियन डलर दिनुपर्ने लिगइंग्लिस प्रिमियर फुटबल:लेस्टरमाथि नटिङघमको शानदार जीत नेपाल पर्यटन बोर्ड र राकुटेन भाइबरबिच सहकार्य इजरायलद्वारा इरानका सैन्य ठेगानामा क्षेप्यास्त्र आक्रमण आज राष्ट्रिय जलवायु सम्मेलन हुँदै रास्वपाको केन्द्रीय समितिको बैठक आज बस्दै माओवादीको खबरदारी सभा आज : ३० हजार कार्यकर्ता सडकमा उतार्ने दाबी यु–१७ एसियन कपमा नेपाल कतारसँग ५–० गोलले पराजित रास्वपाले सरकारविरुद्धको आन्दोलनलाई आज पनि जारी राख्ने