२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

तीन मन्त्रालयमा कसिलो अडानपछि झलनाथलाई प्रश्न- एमालेसँग एकताको तयारी थाल्नुभएको हो ?

२०७९, १४ चैत्र मंगलवार १०:२५

चैत १४, काठमाडौँ | नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफ्नो पार्टीले सरकारमा जाँदा तीन मन्त्रालयको अडान नछाडेको प्रष्ट पारेका छन् ।

मिटरब्याज पीडितको आन्दोलनलाई समर्थन गर्न बाँनेश्वर पुगेका नेता खनालले सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्रीलाई तीन मन्त्रालयबाट घट्न नसक्ने सन्देश दिइसकेको बताए ।

उनले आफ्नो पार्टीले हैसियतभन्दा धेरै नमागेको जिकिर गरे । उनले भने, ‘हाम्रो हैसियत कसले बताइदिने ? हामीले जे हैसियत छ त्यहीअनुसार गरिरहेका छौं। हामीसँग १८ सांसद छन्। त्यसैले तीनवटा मन्त्रालय माग गरेका छौं ।’

तपाईहरुले प्रधानमन्त्रीसँग मन्त्रालयको माग गर्दा कसिलोसँग अडान राख्दै हुनुहुन्छ, त्यसैले गर्दा तपाईं एमालेसँगको तयारी तयारी थाल्नुभएको हो ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘होइन, तपाईंहरुले अनुमानको आधारमा धेरै कुरा गर्न खोज्नुहुन्छ । यो अनुमानबाहेक अरु केही पनि होइन। नेकपा एकीकृत समाजवादी एउटा स्वतन्त्र र क्रान्तिकारी पार्टी हो । यो पार्टीको आफ्नो नीति, सिद्धान्त, लक्ष्य र कार्यक्रम छ । त्यसको आधारमा हामी अगाडि बढ्छौं । अरु कुनै समूहसँग नीति र सिद्धान्त मिल्ने भने पार्टी एकीकृत पनि गर्छौं । होइन भने हामी दृणतापूर्वक आफ्नो बाटोमा हिँड्छौं ।’

उनले नीति मिल्नेहरुसँग कार्यगत एकता पनि गर्नसक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति