१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

मिटरब्याजी पीडितका समस्या समाधान गर्न शक्तिशाली आयोग जरुरी : मुख्यमन्त्री यादव

१५ चैत्र २०७९, बुधबार ०८:४६

चैत १५, जनकपुरधाम | मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले मिटरब्याजीको समस्या समाधान गर्न अधिकार सम्पन्न शक्तिशाली आयोग बनाउन जरुरी रहेको आवश्यकता औँल्याउनुभएको छ ।  

मुख्यमन्त्री यादवले आज एक विज्ञप्ति जारी गरी मिटर ब्याज पीडितमाथि गरिएको शोषणविरुद्ध केन्द्र, नेपाल राष्ट्र बैंक तथा प्रदेश समेतले मिलेर संयुक्तरुपमा काम गर्न एक विशेष अधिकार सम्पन्न शक्तिशाली आयोग खडा गर्न जरुरी रहेको बताउनुभयो । 

“जनताले न्याय मागिरहेका छन्, न्याय पाउनुपर्छ । बैंकले बाटो खोल्नुपर्छ । आम जनतामा सहज र सुलभ रुपमा ऋण प्रवाह हुनुपर्दछ”, मुख्यमन्त्रीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ, “केन्द्र सरकारले मिटरब्याजलाई अपराध घोषणा गरी कानुनी दायरामा ल्याउन गरेको पहलकोमा स्वागत गर्दछौँ ।”

विदेश जान वा अध्ययन गर्न वा अन्य भैपरी गर्जो टार्न ऋण खोज्ने नागरिकलाई मिटरब्याजीबाट बचाउँदै कसरी सहयोग र सहकार्य गर्न सकिन्छ भन्नबारे ठोस गृहकार्य गरी ठोस नीति बनाउन जरुरी रहेको उहाँको भनाइ छ ।

त्यसैगरी, पैदलनै काठमाडौँ पुगेका र काठमाडौँ पुग्न नसकेका मिटरब्याज पीडितका समस्याप्रति सरकार गम्भीर रहेको पनि जनाइएको छ । 

“ठूलो वेदना बोकेर काठमाडौँ पुग्नुभएका मिटरब्याज पीडित दाजुभाइ दिदीबहिनीहरु तपाईंको हरेक पाइलामा हाम्रो साथ छ, तपाईंको आँसुको हरेक थोपामा हाम्रो पनि सरोकार र दायित्व छ”, विज्ञप्तिमा मुख्यमन्त्रीले भन्नुभएको छ, “हामी जिम्मेवारीबाट भाग्दैनौँ तथापि यो प्रदेशको मात्रै समस्या होइन । प्रदेशबाट उठेको देशको समस्या हो । गरिब झन् गरिब हुने, भएको सम्पत्तिसमेत स्वाह हुने राष्ट्रिय सम्पत्तिको बाधक हो यो समस्याविरुद्ध संयुक्त रुपमा लड्न म मधेस प्रदेश सरकारका तर्फबाट सारा विद्वत वर्ग, चिन्तक, योजनाविद्, विज्ञहरुलाई आह्वान गर्दछु ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड