चैत १८, काठमाडौँ | काठमाडौंमा आन्दोलन गरिरहेका मिटरब्याज पीडितहरू प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' लाई भेट्न बालुवाटार पुगेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले भेट्न बोलाएपछि आज बिहानै मिटरब्याज पीडित उनको सरकारी निवास बालुवाटर पुगेका हुन ।
प्रचण्डले मिटरब्याज पीडितका माग सुन्ने र छलफल गर्ने बालुवाटार स्रोतले जनाएको छ ।
मधेश प्रदेशका विभिन्न जिल्लाबाट आएर मिटरब्याज पीडितहरू काठमाडौंमा आन्दोलन गरिरहेका छन् ।