चैत १८, काठमाडौँ | अगामि बैशाख १० गते हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले ३ जनालाई टिकट वितरण गरेको छ । पार्टी कार्यालयमा शनिवार पत्रकार सम्मेलन गरेर चितवन २ का लागि पार्टी सभापति रवि लामिछाने, बारा २ का लागि रमेश खरेल र तनहुँ १ का लागि स्वर्णिम वाग्लेलाई पार्टीको तर्फबाट उम्मेदवारको टिकट दिइएको हो । पार्टी सभापति रवि लामिछानेले रमेश खरेल र स्वर्णिम वाग्लेजस्ता व्यक्ति राष्ट्रिय स्वतन्त्र पार्टीमा अटाउनु गौरवको कुरा भएको बताए ।