२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

कांग्रेस पार्टी कार्यालय विपी नगरमा नेविसंघको नाराबाजी

२०७९, १९ चैत्र आईतवार ०५:२२

चैत १९, काठमाडौँ | नेपाल विद्यार्थी संघका कार्यकर्ताहरूले नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा नाराबाजी गरेका छन्। नेविसंघका अध्यक्ष दुजाङ शेर्पाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनीहरुले पार्टी कार्यालय विपी नगरमा रिले अनशन बसेका हुन्। 


पार्टी कार्यालयमा आज कार्यसम्पादन समिति बैठक बस्ने भएकाले त्यस अगाडि नै उनीहरु अनसन बसेका छन्। उनीहरुले कालोपट्टीसमेत बाँधेका छन्। रिले अनसनमा कांग्रेस महामन्त्री गगन थापा समेत पुगेका छन्।

म्याद सकिसकेको असक्षम सभापतिलाई खारेज गरि नयाँ पदाधिकारीसहितको विधान सम्मत कमिटी ल्याउनुपर्ने भन्दै नेविसंघ बृहत् संघर्ष समितिले शनिबारबाट रिले अनशन थालका हुन्। अध्यक्ष शेर्पाले स्ववियु निर्वाचनको बेला जथाभावि जिम्मेवारी तोकेको भन्दै ती निर्णयहरू खारेज गर्नुपर्ने माग असन्तुष्ट पक्षले राख्दै आएको छ।

उनीहरूले असंवैधानिक सभापतिले गरेको सम्पूर्ण चिठी खारेज हुनुपर्ने, १२ औं महाविधेशनको सुनिश्चित गरिनुपर्ने माग राखेका छन्। पार्टी कार्यालय सानेपामा अनशन बस्दै नेबि संघका कार्यकर्ता अंशुल केसीले म्याद सकिसकेको अध्यक्षले संगठनविरोधी काम गरेको र पार्टी दिएको म्यान्डेडअनुसार स्ववियु अधिवेशनको महाधिवेशनको तयारी गर्न नसकेको आरोप लगाए। उनले विधि विधानमा टेकेर नयाँ कमिटी गठन गर्नुपर्ने माग रहेको बताए।

यसअघि कांग्रेसका सभापति शेरबहादुर देउवाले दुजाङ शेर्पालाई नेविसंघको अध्यक्षमा नियुक्त गरेका थिए। स्थानीय, प्रदेश र प्रतिनिधि सभा निर्वाचनको परिणाम प्राप्त भएको मितिले तीन महिनाभित्र केन्द्रीय अधिवेशन सम्पन्न गरिसक्नुपर्ने जिम्मेवारी तोकिएको थियो। तोकिएको समयअवधि सकिएकाले पुरानो कार्यसमिति खारेज गर्दै नयाँ कार्यसमिति गठन गर्नुपर्ने नेविसंघका कार्यकर्ताको माग छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति