१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

कांग्रेस पार्टी कार्यालय विपी नगरमा नेविसंघको नाराबाजी

१९ चैत्र २०७९, आईतवार ०५:२२

चैत १९, काठमाडौँ | नेपाल विद्यार्थी संघका कार्यकर्ताहरूले नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा नाराबाजी गरेका छन्। नेविसंघका अध्यक्ष दुजाङ शेर्पाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनीहरुले पार्टी कार्यालय विपी नगरमा रिले अनशन बसेका हुन्। 


पार्टी कार्यालयमा आज कार्यसम्पादन समिति बैठक बस्ने भएकाले त्यस अगाडि नै उनीहरु अनसन बसेका छन्। उनीहरुले कालोपट्टीसमेत बाँधेका छन्। रिले अनसनमा कांग्रेस महामन्त्री गगन थापा समेत पुगेका छन्।

म्याद सकिसकेको असक्षम सभापतिलाई खारेज गरि नयाँ पदाधिकारीसहितको विधान सम्मत कमिटी ल्याउनुपर्ने भन्दै नेविसंघ बृहत् संघर्ष समितिले शनिबारबाट रिले अनशन थालका हुन्। अध्यक्ष शेर्पाले स्ववियु निर्वाचनको बेला जथाभावि जिम्मेवारी तोकेको भन्दै ती निर्णयहरू खारेज गर्नुपर्ने माग असन्तुष्ट पक्षले राख्दै आएको छ।

उनीहरूले असंवैधानिक सभापतिले गरेको सम्पूर्ण चिठी खारेज हुनुपर्ने, १२ औं महाविधेशनको सुनिश्चित गरिनुपर्ने माग राखेका छन्। पार्टी कार्यालय सानेपामा अनशन बस्दै नेबि संघका कार्यकर्ता अंशुल केसीले म्याद सकिसकेको अध्यक्षले संगठनविरोधी काम गरेको र पार्टी दिएको म्यान्डेडअनुसार स्ववियु अधिवेशनको महाधिवेशनको तयारी गर्न नसकेको आरोप लगाए। उनले विधि विधानमा टेकेर नयाँ कमिटी गठन गर्नुपर्ने माग रहेको बताए।

यसअघि कांग्रेसका सभापति शेरबहादुर देउवाले दुजाङ शेर्पालाई नेविसंघको अध्यक्षमा नियुक्त गरेका थिए। स्थानीय, प्रदेश र प्रतिनिधि सभा निर्वाचनको परिणाम प्राप्त भएको मितिले तीन महिनाभित्र केन्द्रीय अधिवेशन सम्पन्न गरिसक्नुपर्ने जिम्मेवारी तोकिएको थियो। तोकिएको समयअवधि सकिएकाले पुरानो कार्यसमिति खारेज गर्दै नयाँ कार्यसमिति गठन गर्नुपर्ने नेविसंघका कार्यकर्ताको माग छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड