१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

चितवन–२ मा रवि लामिछाने विरुद्व कालोमोसो अभियानका संयोजक शम्भु थापाले उम्मेदवारी दिने

१९ चैत्र २०७९, आईतवार ०७:०५

चैत १९, चितवन | चितवन–२ मा आगामी वैशाख १० गते प्रतिनिधि सभाको उपनिर्वाचनमा रविलामिछाने विरुद्व शम्भु थापाले उम्मेदवारी दिने भएका छन् ।

बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई दुर्व्यवहार गर्ने उद्देश्यले मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बनाएको समितिका चितवन संयोजक रहेका थापाले आज दिउँसो रिपोर्टर्स क्बल नेपालमा पत्रकार सम्मेलन गरेर उम्मेदवारी घोषणा गर्न लागेका छन् । गत मंसीर ४ मा भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा यस क्षेत्रबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको नागरिकता सर्वोच्च अदालतले खारेज गरेसँगै उनको सांसद पद पनि खारेज भएको थियो।

अहिले रिक्त रहेको चितवन २ को प्रतिनिधि सभा सदस्यमा लड्न नेपाली कांग्रेसले जीतनारायण श्रेष्ठ, एमालेले रामप्रसाद न्यौपानेले उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । त्यस्तै रास्वपाबाट रवि लामिछाने उम्मेदवार बन्दैछन् ।

निर्वाचन आयोगका अनुसार चितवन २ मा हुने उपनिर्वाचनका लागि भोली चैत २० गते मनोनयन दर्ताको कार्यतालिका रहेको छ । सार्वजनिक कार्यतालिका अनुसार चैत २१ मा उम्मेदवारको विरोधमा उजुरी दिन सकिने र चैत २२ मा मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय दिने तथा उम्मेदवारको नामावली प्रकाशन गरिने छ। यस्तै, चैत २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड