१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

माओवादी र एकीकृत समाजवादीले उपनिर्वाचनमा उम्मेदवार नउठाउने

२० चैत्र २०७९, सोमबार ०६:०४

चैत २०, काठमाडौँ | नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले उपनिर्वाचनमा उम्मेदवार नउठाउने भएको छ । वैशाख १० गते हुने तनहुँ–१, चितवन–२ र बारा–२ मा हुने उपनिर्वाचनमा सो पार्टीको आधिकारिक उम्मेदवार नहुने भएको हो । चितवन २ मा माओवादीले सत्ता साझेदार दल कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठलाई सघाउने निर्णय गरेको माओवादी केन्द्रका चितवन जिल्ला संयोजक आरसी अधिकारीले बताए । यस क्षेत्रमा माओवादीको समानूपातिक मत ८ हजार ४०७ रहेको छ । 

पार्टीले उम्मेदवार नउठाउने भएपछि कांग्रेसका उम्मेदवार श्रेष्ठलाई सघाउने अधिकारीले बताए । यस्तै तनहुँ १ मा माओवादीले सत्ता साझेदार दल कांग्रेसका गोविन्द भट्टराईलाई सघाउने निर्णय गरेको केन्द्रीय सदस्य आशा कोइरालाले बताइन् । तनहुँका माओवादी नेताहरूले पार्टीकै उम्मेदवार उठाउनुपर्‍यो गत शनिवार प्रधानमन्त्री प्रचण्डलाई दबाब दिएका थिए । तर सो क्षेत्रमा माओवादीले कांग्रेसलाई सघाउने निर्णय गरेको छ । यस क्षेत्रमा माओवादीको समानूपातिक मत ७ हजार ३२६ रहेको छ । 

यस्तै बारा २ मा सो पार्टीले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई सघाउने भएको छ । उक्त क्षेत्रमा यसअघि जसपाले जितेकाले माओवादीले जसपाका उम्मेदवार यादवलाई सघाउने माओवादी केन्द्रका सचिव गणेश साहले बताए । ‘बारा २ बाट हाम्रो पार्टीको उम्मेदवार हुने छैन । हामीले उपेन्द्रजीलाई सघाउने निर्णय भैसकेको छ’ साहले भने, ‘यदि हामीले चुनाव जितेको भए पहिलो दाबी हुने थियो । हामीले चुनाव हारेको क्षेत्र पर्‍यो । गठबन्धनलाई साथमा लिएर जानुपर्ने भएकाले उपेन्द्रजीलाई सघाउने तयारी छ ।’  यस क्षेत्रमा माओवादीको समानूपातिक मत ३ हजार २६५ रहेको छ । 

माओवादीले तनहुँ १ बाट चुनाव लड्न पार्टी कोषाअध्यक्ष श्रीराम ढकालसहित ओमकुमारी पौडेल, क्षितिज लामिछाने सूर्यबहादुर गौलीको नाम सिफारिस गरेको थियो । पहिलो नम्बरमा सिफारिस भएका ढकालले चुनाव नलड्ने घोषणा गरेपछि अन्तमा कांग्रेस उम्मेदवारलाई सहयोग गर्ने निर्णय गरेका हो ।

यस्तै नेकपा एकीकृत समाजवादी पार्टीले पनि उपनिर्वाचनमा पार्टीको उम्मेदवार नउठाउने भएको छ । उक्त पार्टीले तनहुँ १ र चितवन २ मा कांग्रेसका उम्मेदवारलाई सघाउने भएको छ भने बारामा जसपा उम्मेदवारलाई सघाउने भएको हो ।

सत्ता साझेदार दलका उम्मेदवारलाई सहयोग गर्नुपर्ने भएकाले पार्टीको उम्मेदवार नउठाएको एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । समाजवादीले तनहुँ १ मा कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई र चितवन २ मा कांग्रेसका जितनारायण श्रेष्ठलाई सहयोग गर्ने भएको छ । तनहुँ १ मा सो पार्टीको समानुपातिक मत ९५० र चितवन २ मा समानुपातिक मत ६१६ मात्रै छ । बारा २ मा  समाजवादीले जसपा अध्यक्ष उपेन्द्र यादवलाई सहयोग गर्ने भएको छ । यस क्षेत्रमा समाजवादीको समानुपातिक मत १ हजार ९९६ मत रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ