२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

गगनको टिप्पणी- ‘नो नट अगेन’ भन्नेहरूको पनि देखियो

२०७९, २० चैत्र सोमबार ०८:५१

चैत २०, तनहुँ | नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीलाई लक्षित गर्दै पुराना पार्टीहरु खराब भए ‘नो नट अगेन’ भन्नेहरूको पनि देखिएको टिप्पणी गरेका छन् ।

तनहुँ १ मा पार्टी उम्मेदवार गोविन्द भट्टराईको उम्मेदवारी दर्ताको क्रममा बोल्दै उनले माओवादी, नेकपा एकीकृत समाजवादीसहित सत्ता गठबन्धनको साझा उम्मेदवारको जित निश्चित भएको बताए ।

थापाले भने, ‘यो निर्वाचनको बेलामा एउटा नयाँ गीत पनि आउँछ पुराना पार्टीहरूले काम गर्दैन नयाँ पार्टी चाहिन्छ भन्छन् । केही समयअघि चितवन, तनहुँ, पोखरा, काठमाडौंलगायत ठाउँठाउँमा सुन्यौं । नेपालका पुराना पार्टीहरू खराब भए नो नट अगेन । पुराना नेताहरू निर्वाचित गराउन हुँदैन । हामी नयाँ हौं सबै कुरा नयाँ ढंगबाट गर्छौं । हामीले सुन्यौं । जनताले पत्याउनु पनि भयो । पहिलो पटकमै २० औं सीट जितेर साथीहरू संसदमा आइपुग्नुभयो । उहाँको पनि देखियो ।’

उनले केन्द्रमा कांग्रेस माओवादीको सरकार बनेकाले चाहेअनुसारको विकास निर्माणको काम गर्न सकिने बताए ।

थापाले थपे भने, ‘केन्द्रमा हाम्रो सरकार छ । प्रदेशमा नेपाली कांग्रेसको संसदीय दलको नेता सुरेन्द्र पाण्डे नेतृत्वको सरकार बन्दैछ । केन्द्रमा कांग्रेस माओवादी मिलेर बनेको सरकार कहिँ जाँदैन । तपाईहरुको विकासको आकांक्षा छ । त्यो सरकारले पूरा गर्छ । यो बेलामा नमिलेको र बिग्रेको कुरा केही छैन ।’

उनले आफू पनि धेरै गठबन्धनवाल राजनीतिको पक्षमा नभएको उल्लेख गर्दै जनताको बीचमा राजनीतिक दलले निर्णय गरेर गइसकेपछि त्यसमा इमान्दारितापूर्वक उभिन सक्नुपर्ने बताए ।

उनले भने, ‘पुस १० गते एमालेले माओवादी, रास्वपा, राप्रपासँग मिलेर गठबन्धन बनाउँदा ठीक । २०७४ सालमा एमाले र माओवादी मिलेर नयाँ पार्टी नै बनाउँदा ठीक। पाँच वर्ष निर्वाचित भएर आएपछि तीनै वर्षमा संसद विघटन गर्दा ठीक तर, अहिले गठबन्धनले देश बिगारे भन्दै आउँछन् ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति