२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रवितर्फ संकेत गर्दै विश्वप्रकाशले भने: राजनीतिमा गएपछि मिडियाजति सबै खराब भन्न मिल्छ ?

२०७९, २० चैत्र सोमबार १०:५२

चैत २०, चितवन | नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मिडियाप्रति लाल्छना लगाउनु गलत भएको बताएका छन् । आगामी वैशाख १० गते हुने प्रतिनिधिसभाको उपनिर्वाचनको सन्र्दभमा कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठको मनोनयन दर्ताको लागि चितवन पुगेका शर्माले लामिछानेको प्रवित्तिको आलोचना गरेका हुन् ।

चितवनमा आयोजना भएको आमसभामा बोल्दै शर्माले यस्तो बताएका हुन् ।

‘‘यो देशको लोकतन्त्रमा राजनीतिक दलको मात्र होइन, मिडियाले पनि उत्तिकै योगदान गरेका छन् । लोकतन्त्रका लागि रगत बगाएका छन् । सहादत दिएका छन्, संघर्ष गरेका छन् । म पनि टेलिभिजनमा सामाजिक रूपान्तरणको कार्यक्रम ‘ऐना’ चलाएर आएको हुँ’, रवितर्फ संकेत गर्दै शर्माले भने, ‘टेलिभिजनमा हुन्जेल नेताजति सबै खराब, राजनीतिमा गएपछि मिडियाजति सबै खराब, १२ भाइ खराब भन्ने कुरा नैतिक हुन सक्दैन ।’

शर्माले चितवन कांग्रेसले जितनारायणलाई उम्मेदवार बनाएर न्याय गरेको भन्दै यो पटक कांग्रेसको जित हुने दाबी गरे ।

उनले भने, ‘आज पार्टीले ठीक निर्णय गरेको छ । जीतनारायणजीलाई उम्मेदवार बनाएको छ । तपाईंहरूले परिणाममा पनि नामजस्तै जीतनारायण बनाउनुहुनेछ ।’ लोकतन्त्रमा जनताकेन्द्रित भएर काम हुनुपर्छ । तर, लोकतन्त्रमा भएको कमी–कमजोरी देखाउने मात्र एजेन्डा हुन सक्दैन भन्दै शर्माले जहिले पनि सतिले सरापेको कारण देश बनेन भनेर कुर्लेर मात्र देश निर्माण नहुने बताए । गठवन्धनको तर्फबाट उम्मेदवार बनेका जितनारायणले चितवनको सबैखाले विषय बुझेको र उनले जिते समग्र चितवनको मुहार फेरिने शर्माको भनाई रहेको छ ।

प्रचण्डलाई नो नट अगेन भन्नेले उनकै मन्त्रिमण्डलमा सहभागी हुन्न भन्न नसक्नु लाजमर्दो विषय भएको बताउँदै शर्माले चितवन–२ का जनताले अब आवेगमा निर्णय नगर्ने बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति