विवेकशील साझाले तनहुँमा रास्वपालाई समर्थन गर्ने

Posted on: 03 Apr, 2023

चैत २०, तनहुँ | विवेकशील साझा पार्टीले तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार स्वर्णिम वाग्लेलाई समर्थन गर्ने भएको छ । विवेकशील साझा पार्टीले आफ्नो पार्टीको तर्फबाट उम्मेदवारी नदिने निर्णय गरेको हो ।

गत मंसिरमा भएको निर्वाचनबाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति भएपछि रिक्त रहेको उक्त क्षेत्रमा १० वैशाखमा उपनिर्वाचन हुँदै छ । 

 'राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्ले आर्थिक क्षेत्रमा अन्तर्राष्ट्रिय रूपमा विज्ञता हासिल गर्नुभएको र हालको अवस्थामा उहाँको विज्ञता नेपालको संसदमा आवश्यकता पर्ने महसुस गर्दै विवेकशील साझा पार्टी, तनहुँले राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थन गर्दछ,' पार्टीले जारी विज्ञप्ति उल्लेख गरेको छ ।  

विवेकशील तनहुँका संयोजक नगेन्द्र शर्मा ढुंगाना डा. पार्टी सभापति स्वर्णिम वाग्लेलाई पत्र दिँदै समर्थन गर्ने बताएका हुन् । 

वाग्लेलाई घण्टी चिन्हमा मतदान गरी विजयी गराउनका लागि सम्पूर्ण पार्टीका सदस्य, शुभचिन्तक तथा मतदाताहरूलाई हार्दिक अपिल गर्ने ढुंगानाले बताए । ढुंगनालाई सभापति लामिछानेले धन्यवाद दिँदै आगामी दिनमा थप सहकार्य गर्दै जाने बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!