१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

अभिनन्दनपछि पूर्वराजाको मन्तव्य- सतही फेरबदल र टालटुले प्रणालीले कुनै खँदिलो परिणाम दिँदैन

२० चैत्र २०७९, सोमबार १२:०२

चैत २०, काठमाडौँ | इनरुवामा आयोजित एक विशाल सभामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘नागरिक अभिनन्दन’ गरिएको छ । अभिनन्दनपछि पूर्वराजाले लिखित सम्बोधन गरे ।

शाहले तन-मन र धनमा लोभ्याएर सामाजिक संरचना च्यात्ने प्रयास भएको बताएका छन् । परिवर्तन देखाउने नाममा अहिलेको कोरा र सतही खेल, आलटाल र टालटुलको प्रणालीले खँदिलो परिणाम दिन नसक्ने उनको टिप्पणी थियो ।

शाहले भने, ‘अहिले त्यत्ति परिवार, समूह, दल, गुट, उपगुटमा अल्झिएर प्रणाली चलिरहेको छ । यसले हामी र हाम्रो भन्ने राष्ट्रिय अवधारणालाई प्रवाह गर्न सक्दैन ।’

यही पाराले राष्ट्रियता र एकताको रक्षा गर्न नसकिने पनि उनको भनाइ थियो । शाहले राष्ट्र, राष्ट्रियता, स्वाभिमान अखण्डता र सार्वभौमिक स्वतन्त्रता कायम गर्नुपर्ने बेला आएको बताए । सुशासन र शान्तिको माध्यमबाट चौतर्फी विकासको बोटमा लाग्नुपर्नेमा जोड दिए ।

‘राष्ट्र नै हाम्रो ब्रम्ह हो । आफ्नो भूभागका जनता नै हाम्रा विधाता हुन् । यही प्रकृति र यिनै प्राणीको बोध गर्नु नै हाम्रो अहं धर्म हो,’ उनले भने, ‘त्यसैले व्यक्ति, परिवार, समूह, गुट र उपगुटमा अल्झिएर होइन, अब हामीले हामी र हाम्रो भन्ने सुहाउँदो राष्ट्रिय अवधारणालाई प्रवाह गर्न सक्नुपर्छ ।’ शाहले आफूलाई अभिनन्दन गरिएकोप्रति आभार प्रकट गरेका थिए । यसबाट देशको माया, चिन्ता र चासो प्रस्तुत भएको उनले बताए ।

नागरिक अभिनन्दन कार्यक्रम कोशी र मधेसबाट सर्वसाधारणको सहभागिता रहेको थियो । कार्यक्रममा राजतन्त्रको पक्षमा नारा लागेको थियो । कार्यक्रममा सहभागीहरूले गणतन्त्रको विरोधमा समेत नाराबाजी गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड