२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

वैदेशिक रोजगार विभाग बुद्धनगरबाट ताहाचलमा सर्ने

२०७९, २१ चैत्र मंगलवार १२:२०

चैत २१, काठमाडौँ |  वैदेशिक रोजगार विभाग ताहाचलमा सर्ने भएको छ । हाल अवस्थित रहेको बुद्धनगरबाट ताहाचलमा रहेको वैदेशिक रोजगार कार्यालयमा सर्न लागेको हो। 

अहिले बसिरहेको ठाउँमा सानो भएकाले विभाग सर्न लागेको हो । विभागका महानिर्देशक उमाकान्त आचार्यले आगामी वैशाखमा कार्यालय सर्न लागेको बताए ।

ताहाचलमा रहेको वैदेशिक रोजगार कार्यालय अर्को ठाउँमा सरेपछि उक्त कार्यालयमा सरिने महानिर्देशक आचार्यले बताए। 

´अहिलेको ठाउँ निकै सानो भयो। दैनिक संयाैकाे संख्यामा रहेका सेवाग्राहीलाई सेवा दिन निकै कन्जस्टेड भयो,` महानिर्देशक आचार्यले भने। 

विभाग हाल हिमालय सिमा व्यापारको भवनमा बस्दै आएको छ । ठाउँ साघुराे भएकाले पार्किङकाे समस्यादेखि बढी मानिसहरू अट्दैनन् । 

ठाउँ र जनशक्ति अभावले गर्दा समेत प्रभावकारी सेवा दिनमा नसकिएको उनेकाे भनाइ छ। 

विभागमा अहिले आवश्यकता अनुसार समेत जनशक्ति नरहेकाे उनेका भनाइ छ। ´एकातिर बस्ने ठाउँ छैन। अर्काेतिर जनशक्तिको अभाव छ। पुरानै संरचना र दरबन्दी अनुसार काम गर्नु परिरहेको छ। अन्य सरकारी कार्यालयमा समयसापेक्ष परिमार्जन भइरहेका छन्। तर हाम्रो विभाग भने धेरै पहिलेकै संरचना अनुसार काम गर्नु परिरहेको छ,`महानिर्देशक आचार्यले भने। 

विभागमा हाल ६२ जनाको दरबन्दी रहेको छ। जसमा प्रशासनिक काम गर्ने ५० जनाले मात्रै काम गर्छन् । ५० जनाको भरमा लाखौंकाे संख्यामा रहेको सेवाग्राहीलाई सेवा दिनु परिरहेको महानिर्देशक आचार्यले बताए । 

सेवाग्राही लाखौंको संख्यामा थपिदा पनि जनशक्ति र पूर्वाधार पुरानै रहेको उनेका भनाइ छ । 

जनशक्तिको अभावका कारण विभागले म्यानपावर व्यवसायीमाथि अनुगमन समेत गर्न नसकेको उनेका भनाइ छ। 

´अहिले कसैले सूचना दियो भने मात्र अनुगमन गर्न जानुपर्ने बाध्यता रहेको छ। हामी आफैले पनि अनुगमन गर्न सकिने अवस्था छैन,` उनले भने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति