२०८२, १ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

भृकुटीमा पूर्व विद्यार्थी समाजले सांगीतिक कार्यक्रम गर्ने

२०७३, ८ आश्विन शनिबार १२:४१

असोज ८, सुरुङ्गा । कनकाई नगरपालिका–७ स्थित भृकुटी मा.वि. दुर्गापुरका भूतपूर्व विद्यार्थीहरुको संगठन “पूर्व विद्यार्थी समाज” भृकुटी मा.वि.को आयोजनामा सांगीतिक कार्यक्रम हुने भएको छ ।

समाजले शनिवार पत्रकार भेटघाटको आयोजना गरी सो कुराको जानकारी दिएको हो । राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुतिका साथ विद्यालयमा अध्ययनरत विद्यार्थीको विकासमा टेवा पु¥याउने उद्देश्यले अक्षयकोष स्थापनार्थ आगामी ११ गते मंगलबारका दिन विद्यालयको प्राङ्गणमा दशै शुभकामना तथा सांगीतिक कार्यक्रम २०७३ को गरिन लागिएको हो । कार्यक्रममा राष्ट्रिय कलाकारहरु राजाराजेन्द्र पोखरेल, शिवशंकर रिजाल (जोगन्द्र पानवाला), सुरेन्द्र के.सी. (मुलाको साग), जितु नेपाल (मुन्दे्र), विल्सन विक्रम राई (तोक्मे बुढो) माण्डवी त्रिपाठी र सृजना रेग्मीको सहभागिता रहने समाजका अध्यक्ष मनोज बस्नेतले जानकारी दिए । कार्यक्रममा स्थानीय क्षेत्रका विभिन्न सांगीतिक समूहका प्रस्तुति समेत रहनेछ । 

विद्यालयमा अध्ययनरत मेहेनती, विपन्न, सीमान्तकृत, दलित विद्यार्थीको हितका लागि थोरै भए पनि केही गर्न सकियोस् भन्ने लक्ष्यका साथ अक्षयकोष स्थापना गर्न सहयोग पुगोस्, संस्थाको परिचय स्थापित हुन सकोस् र आगामी २०७३ साल पुसको पहिलो साताबाट विद्यालय स्थापनाको ५० वर्ष पुगेकोमा स्वर्ण वर्ष विविध कार्यक्रम गरी मनाइदै छ, त्यसको पनि प्रचारप्रसार हुनसकोस् भन्ने उद्देश्यका साथ उक्त सांगीतिक कार्यक्रम आयोजना गरिएको सांगीतिक कार्यक्रम प्रचारप्रसार समितिका संयोजक तीर्थराज खरेलले बताए । 

विद्यालयका प्रधानाध्यापक अञ्जना सिटौलाको अध्यक्षतामा भएको कार्यक्रममा समाजका उपाध्यक्ष शिवहरि काफ्ले, सदस्य चन्द्रबहादुर बस्नेत, सल्लाहकार अमृत योङहाङ, प्रचारप्रसार समिति सदस्य जुनु थापा लगायतले पत्रकारका जिज्ञासाका उत्तर दिएका थिए । कार्यक्रमको सञ्चालन समाजका सचिव कुमारप्रसाद खरेलले गरेका थिए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ नेपालविरुद्ध इटलीको १० विकेटको सहज जित नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य इटालीविरुद्ध ब्याटिङ गर्दै नेपाल देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को निर्वाचनको विकल्प छैन: प्रधानमन्त्री कार्की साँढेको जुधाइ बाच्छाको मिच्याइँ नहोस्: प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निषेधाज्ञा जारी टी– २० विश्वकप : दोस्रो खेलमा आज इटालीसँग खेल्दै नेपाल अटोरिक्सा र टिपर एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?