अजयकुमार साह/असोज १०, उदयपुर । संघीय समाजवादी फोरम पार्टी नेपालका बरिष्ठ नेता अशोककुमार राईले आदिवासी जनजाति, उत्पिडित, मधेसी, लगायतका पछि पारि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

अजयकुमार साह/असोज १०, उदयपुर । संघीय समाजवादी फोरम पार्टी नेपालका बरिष्ठ नेता अशोककुमार राईले आदिवासी जनजाति, उत्पिडित, मधेसी, लगायतका पछि पारि"/>

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

अधिकार विहिन संविधान संसोधन हुनुपर्छ: अशोक राई

१० आश्विन २०७३, सोमबार ०५:३६


अजयकुमार साह/असोज १०, उदयपुर । संघीय समाजवादी फोरम पार्टी नेपालका बरिष्ठ नेता अशोककुमार राईले आदिवासी जनजाति, उत्पिडित, मधेसी, लगायतका पछि पारिएका समुदायको अधिकार समेटिने गरी संविधान संसोधन हुनु पर्ने बताएका छन्  । 

आईतबार उदयपुरको कटारीमा पार्टीको नगर स्तरीय दोस्रो भेलालाई सम्बोधन गर्दै राईले लोकतन्त्र र मानव अधिकारको सिमाना नहुने भएकाले  अधिकार नभएको संविधानमा अरुले प्रतिकृया दिंदैमा हस्तक्षेप नहुने बताए  ।

‘अधिकार विहिन संविधान हो भनेर भारत , अमेरिका जुनसुकै देशले जे देख्छ त्यो भन्न पाउने अधिकार छ ।’ राईले भने – ‘मानवअधिकार र लोकतन्त्रको लागि सिमाना हुँदैन  ।’ मधेसको खुल्ला सिमाना मधेसले नै सुरक्षा गरेकाले मधेसीलाई विखण्डनकारी भन्नु निचता रहेको राईको भनाई थियो ।

 त्यसैगरी कार्यक्रममा केन्द्रीय सदस्य बुद्धराज राईले अधिकारको आन्दोलनमा लाग्ने हो भने आफु अनुकुल संविधान संसोधन गर्न सकिने बताए । त्यसैगरी संघीय ट्रेड युनियनका केन्द्रीय सचिव यज्ञकुमार राईले संविधानले मजदुरहरुको अधिकारलाई सुनिष्चित गर्न नसकेको बताए । सरकारी कर्मचारीको तलब बढाउने सरकारले मजदुरी गर्नेहरुको श्रमको मूल्याकंन गर्न नसकेको आरोप समेत लगाए ।

कार्यक्रमलाई  केन्द्रीय परिषद सदस्य विष्णु साह , उदयपुर ईन्चार्ज देवराज राई , केन्द्रीय महिला ईन्चार्ज शुसिला श्रेष्ठ , प्रदेश सदस्य विष्णुबहादुर राई दनुवार लगायतले सम्बोधन गरेका थिए । आदिवासी जनजाति साँस्कृतिक भवन कटारीमा सम्पन्न भेलाले दिपक कुमार माझीको अध्यक्षातामा १९ सदस्यिय नगर कमिटी समेत पुर्नगठन गरेको छ । कमिटीको उपाध्यक्षमा  रामसिंह राई , कोषाध्यक्षमा मेनुका राई , सचिवमा सुवास राई दनुवार र सह–सचिव शुभराज राईलाई सर्वसम्मत चयन गरेको छ ।

समितिको ३ वडाका सदस्यहरु मनोनित गरिने पनि नवगठित समितिका अध्यक्ष माझीले बताए । नव गठित समितिलाई बधाई दिंदै बरिष्ठ नेता राईले पार्टीलाई जनताको पार्टी बनाउन शुभकामना दिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल