अजयकुमार साह/असोज १०, उदयपुर । संघीय समाजवादी फोरम पार्टी नेपालका बरिष्ठ नेता अशोककुमार राईले आदिवासी जनजाति, उत्पिडित, मधेसी, लगायतका पछि पारि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

अजयकुमार साह/असोज १०, उदयपुर । संघीय समाजवादी फोरम पार्टी नेपालका बरिष्ठ नेता अशोककुमार राईले आदिवासी जनजाति, उत्पिडित, मधेसी, लगायतका पछि पारि"/>

२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

अधिकार विहिन संविधान संसोधन हुनुपर्छ: अशोक राई

२०७३, १० आश्विन सोमबार ०५:३६


अजयकुमार साह/असोज १०, उदयपुर । संघीय समाजवादी फोरम पार्टी नेपालका बरिष्ठ नेता अशोककुमार राईले आदिवासी जनजाति, उत्पिडित, मधेसी, लगायतका पछि पारिएका समुदायको अधिकार समेटिने गरी संविधान संसोधन हुनु पर्ने बताएका छन्  । 

आईतबार उदयपुरको कटारीमा पार्टीको नगर स्तरीय दोस्रो भेलालाई सम्बोधन गर्दै राईले लोकतन्त्र र मानव अधिकारको सिमाना नहुने भएकाले  अधिकार नभएको संविधानमा अरुले प्रतिकृया दिंदैमा हस्तक्षेप नहुने बताए  ।

‘अधिकार विहिन संविधान हो भनेर भारत , अमेरिका जुनसुकै देशले जे देख्छ त्यो भन्न पाउने अधिकार छ ।’ राईले भने – ‘मानवअधिकार र लोकतन्त्रको लागि सिमाना हुँदैन  ।’ मधेसको खुल्ला सिमाना मधेसले नै सुरक्षा गरेकाले मधेसीलाई विखण्डनकारी भन्नु निचता रहेको राईको भनाई थियो ।

 त्यसैगरी कार्यक्रममा केन्द्रीय सदस्य बुद्धराज राईले अधिकारको आन्दोलनमा लाग्ने हो भने आफु अनुकुल संविधान संसोधन गर्न सकिने बताए । त्यसैगरी संघीय ट्रेड युनियनका केन्द्रीय सचिव यज्ञकुमार राईले संविधानले मजदुरहरुको अधिकारलाई सुनिष्चित गर्न नसकेको बताए । सरकारी कर्मचारीको तलब बढाउने सरकारले मजदुरी गर्नेहरुको श्रमको मूल्याकंन गर्न नसकेको आरोप समेत लगाए ।

कार्यक्रमलाई  केन्द्रीय परिषद सदस्य विष्णु साह , उदयपुर ईन्चार्ज देवराज राई , केन्द्रीय महिला ईन्चार्ज शुसिला श्रेष्ठ , प्रदेश सदस्य विष्णुबहादुर राई दनुवार लगायतले सम्बोधन गरेका थिए । आदिवासी जनजाति साँस्कृतिक भवन कटारीमा सम्पन्न भेलाले दिपक कुमार माझीको अध्यक्षातामा १९ सदस्यिय नगर कमिटी समेत पुर्नगठन गरेको छ । कमिटीको उपाध्यक्षमा  रामसिंह राई , कोषाध्यक्षमा मेनुका राई , सचिवमा सुवास राई दनुवार र सह–सचिव शुभराज राईलाई सर्वसम्मत चयन गरेको छ ।

समितिको ३ वडाका सदस्यहरु मनोनित गरिने पनि नवगठित समितिका अध्यक्ष माझीले बताए । नव गठित समितिलाई बधाई दिंदै बरिष्ठ नेता राईले पार्टीलाई जनताको पार्टी बनाउन शुभकामना दिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने