२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नक्कली भुटानी शरणार्थी प्रकरण : गृह मन्त्रालयका दुई अधिकारीसँग प्रहरीले लियो बयान

२०८०, १ जेष्ठ सोमबार ०८:५२

जेठ १, काठमाडौँ | नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दाको अनुसन्धानका क्रममा प्रहरीले गृह मन्त्रालयका दुई अधिकारीसँग समेत बयान लिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेल र उपसचिव सागरमणि पाठकसँग बयान लिएको हो । 

दुबै जनालाई प्रहरीले जिल्ला प्रहरी परिसर टेकुमै बोलाएर आइतबार र सोमबार बयान लिएको हो । रामबहादुर थापा ‘बादल’ गृहमन्त्री भएका बेला ३० जेठ २०७६ मा पूर्वसहसचिव बालकृष्ण पन्थीको नेतृत्वमा बनेको कार्यदलले बनाएको प्रतिवेदन कीर्ते गरेको प्रकरणमा प्रहरीले उनीहरुसँग पनि बयान लिएको हो ।  तत्कालीन अवस्थामा पोखरेल शान्तिसुरक्षा महाशाखाको प्रमुख थिए भने पाठक स्थानीय प्रशासन शाखामा कार्यरत थिए । 

अहिले भने पोखरेल गृह मन्त्रालयमै सहसचिवको रुपमा कार्यरत छन् भने पाठक गुल्मीको प्रमुख जिल्ला अधिकारी रहेका छन् । 

उनीहरुसँग नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणमा सम्बन्धित शाखाबाट कसरी फाइल पास गरियो भन्नेबारेमा बयान लिइएको प्रहरी स्रोतले जनाएको छ ।  प्रहरीले उनीहरुसँग बयान लिइएको थप विषय खुलाएको छैन ।  यो प्रकरणमा अनुसन्धानरत प्रहरीले हालसम्म पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १३ जनालाई पक्राउ गरिसकेको छ भने अझैं केही फरार रहेका छन् । 

प्रहरीले यो प्रकरणमा मु्छिएका सबैलाई पक्राउ गरेर घटनामा दोषीमाथि कारबाही गर्ने बताउँदै आएको छ । जसमा सरकारले समेत गम्भीरता देखाउँदै प्रहरीलाई आवश्यक सहजीकरण गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु