2026-07-11 06:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

गृहमन्त्रीमाथि नैतिक प्रश्न गर्ने र जवाफ माग गर्ने एमालेको निर्णय

साउन १०, काठमाडौँ | प्रमुख प्रतिपक्षी नेकपा एमालेले अवैध सुन आयात प्रकरणमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि नैतिक प्रश्न गर्ने निर्णय गरेको छ ।

नयाँ बानेश्वरस्थित संसदको लोत्से हलमा बसेको एमाले संसदीय दलको बैठकले गृहमन्त्रीमाथि नैतिक प्रश्न गर्ने र जवाफ माग गर्ने निर्णय गरेको हो ।

बैठकपछि एमालेका एक नेताले भने, ‘सशक्त ढंगले अगाडि बढ्ने, सुन प्रकरणमा गृहमन्त्रीमाथि नैतिक प्रश्न गर्ने, छानबिनको माग गर्ने, जवाफ माग्ने निर्णय भएको छ । तथ्यगत रिपोर्ट के हो जवाफ माग्ने नै मुख्य निर्णय हो ।’

एमाले नेता रघुजी पन्तले एक क्विन्टल सुन अवैध रुपमा आयात गर्ने कम्पनीले यसअघि पनि पटक-पटक सामान ल्याएको देखिएको उल्लेख गर्दै त्यसबारे पनि छानबिन हुनुुपर्ने बताए ।

कसले सुन ल्याएको हो दोषी पत्ता लगाउनुपर्ने र कानुनी कारबाही गर्नुपर्ने आफ्नो पार्टीको निर्णय भएको उनले जानकारी दिए ।

गृहमन्त्रीको जवाफ कस्तो आउँछ त्यस आधारमा एमालेले थप कदम चाल्ने पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटनामा परेर ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जना पक्राउ बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको उपचारका क्रममा मृत्यु कर्णालीमा बेपत्ता गाडीका चालकको शव फेला न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन मृत्यु भयो भने पनि म आफ्नै भूमिमा मर्न चाहन्छु: शेख हसिना काठमाडौँको बुद्धनगरमा एक युवाले गरे आत्मदाहको प्रयास कर्णाली राजमार्ग अवरुद्ध फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ