२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सेउती पुल नजिक गोली हानी एक जनाको हत्या गरेको आरोपमा २ जना पक्राउ

२०८०, १७ श्रावण बुधबार ०७:२४

साउन १७, भोजपुर | सुनसरीको धरानको सडक खण्डमा दिउँसै गोली हानि एक जनाको हत्या गर्ने समूह मध्येका २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विराटनगर ५ का २८ वर्षीय रोहित चौधरीलाई गोली हानेको आरोपमा घटना भएको १२ दिन पछि २ जनालाई पक्राउ गरेको हो ।

धनकुटाबाट फर्कने क्रममा सेउती पुल नजिक मोटर साइकल रोकेर बसेका चौधरीलाई गोली हानि हत्या गरेको आरोपमा पक्राउ परेका आरोपीहरूको साथबाट पेस्तोलसहित समेत बरामद गरेका सुनसरी प्रहरीले जनाएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी राजेशनाथ बास्तोलाले उनीहरूलाई आज सार्वजनिक गर्ने तयारी भएको जानकारी दिए ।

साउन ५ गते चौधरीमाथि धरान–इटहरी सडक खण्डको सेउती पुल नजिकै गोली प्रहार भएको थियो ।

साथीसँग मूल घाटबाट विराटनगर आउने क्रममा जङ्गलमा उनको दाहिने कोखमा गोली लागेको थियो ।

उपचारको क्रममा बिपी कोइराला विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो । आरोपीको नाम सार्वजनिक भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना