2026-07-11 05:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

विश्वम्भर श्रेष्ठ आजदेखि कामु प्रधानन्यायाधीश

साउन २१, काठमाडौँ | उमेरहदका कारण हरिकष्ण कार्कीको अवकास भएपछि सर्वोच्च अदालतको नेतृत्व आइतवारदेखि विश्वम्भर श्रेष्ठले सम्हालेका छन् । संवैधानिक परिषद्‍बाट सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस वरिष्ठतम् न्यायाधीश श्रेष्ठले आइतवारदेखि कामु प्रधानन्याधीशको जिम्मेवारी सम्हालेका हुन् । 

बिहीवार बसेको संवैधानिक परिषद् बैठकले प्रधानन्यायाधीशमा श्रेष्ठको नाम सिफारिस गर्दै सुनुवाइका लागि संसदीय सुनुवाइ विशेष समितिमा पठाएको थियो । संसदीय सुनुवाइ समितिले अनुमोदन गरेमा राष्ट्रपतिले श्रेष्ठलाई प्रधानन्यायाधीश नियुक्त गर्नेछन् । 

सुनुवाइ समितिको बैठक बसेर प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध उजुरी आह्वान गर्ने र सुनुवाइ गर्ने लगायत प्रक्रिया पूरा गर्न झण्डै ३ साता लाग्ने संसद् सचिवालय स्रोतले जानकारी दियो । 

त्यो बेलासम्म सर्वोच्च कामुको जिम्मामै रहने छ । २०१६ सालमा डोटी जिल्लामा जन्मेका श्रेष्ठ २०३८ सालमा शाखा अधिकृतबाट सरकारी सेवामा प्रवेश गरेका थिए । उनी जिल्ला, उच्च अदालत हुँदै सर्वोच्च अदालको न्यायाधीश बनेका थिए । २०७३ साल १७ देखि उनी सर्वोच्च अदालको न्यायाधीश बनेका थिए । 

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको उपचारका क्रममा मृत्यु कर्णालीमा बेपत्ता गाडीका चालकको शव फेला न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन मृत्यु भयो भने पनि म आफ्नै भूमिमा मर्न चाहन्छु: शेख हसिना काठमाडौँको बुद्धनगरमा एक युवाले गरे आत्मदाहको प्रयास कर्णाली राजमार्ग अवरुद्ध फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै