2026-07-11 04:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

झलनाथलाई राजनीतिबाट विश्राम लिन अध्यक्ष पराजुलीको सुझाव

साउन २१, काठामाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले स्थायी कमिटी बैठकमा राखेको फरक मतप्रति सो पार्टी निकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले कटाक्ष गरेका छन् । 

अध्यक्ष पराजुलीले सामाजिक सञ्जाल फेसबुकमार्फत नेता खनाललाई पहिला जनताको बहुदलीय जनवादलाई दक्ष प्रजापति टाउको जस्तो देख्ने र भन्ने  गरेको भन्दै अहिले लामो समयपछि आफू नै शीर्ष भन्दा शीर्ष ठाउँमा बसेर  आफूले नै निर्माण गरेको आन्दोलन र पार्टीलाई रावणको टाउको देख्न र भन्न थालेको भन्दै यस्तो दृष्टिभ्रम कहिलेसम्म रहन्छ  भनेर प्रश्न गरेका छन् । 

साथै उनले सम्मानमाथि उच्च सम्मान   रहेकाले खनाललाई राजनीतिबाट विश्राम लिन सुझाव पनि दिएका छन् । 

‘जनताले सम्मानका साथ विश्राम लिनका लागि जनादेश दिएका छन्, यो जनमतलाई नभुल्नु होला जनताको आदेशलाई’, खनालप्रति लक्षित गर्दै पराजुलीले लेखेका छन्, ‘समाजवादी यात्राका लागि युवालाई स्थान छोडिदिनुहोस् । राजनीति पद प्राप्ति मात्र हो भन्ने भाष्य निर्माण हुँदैछ यसको गतिलो जवाफ अब तपाईँले दिनुहोस् ।’ 

पराजुलीले सदैव मुल नेतृत्वप्रतिको अविश्वास र फरक देखिने खनालको प्रवृत्तिले सम्मानित मर्यादालाई अधोगति लगाएको दावी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन मृत्यु भयो भने पनि म आफ्नै भूमिमा मर्न चाहन्छु: शेख हसिना काठमाडौँको बुद्धनगरमा एक युवाले गरे आत्मदाहको प्रयास कर्णाली राजमार्ग अवरुद्ध फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो