2026-07-11 04:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सबै तहका कमिटी निर्वाचनमार्फत चयन गर्ने माओवादीको निर्णय

साउन २१, काठामाडौँ । नेकपा माओवादी केन्द्रले सवै तहका कमिटीहरु निर्वाचनमार्फत चयन गर्ने भएको छ । परम्परागत ढंगले कमिटीहरु गठन गर्दा चलायमान हुन नसकेको निष्कर्षका साथ अबदेखि माओवादीले निर्वाचन पद्दतिमार्फत कमिटीहरु गठन गर्न लागेको हो ।

माओवादीले अहिलेसम्म अधिकांश पार्टी कमिटी चयन गर्दा टीके प्रथाबाट गर्दै आएको थियो ।  माओवादी केन्द्रकी केन्द्रीय सदस्य नारायणी शर्माले बैठकले पार्टी तथा जनसंगठनका सम्पूर्ण कमिटीहरु निर्वाचनमार्फत चयन गर्ने जानकारी दिइन् ।  शर्माका अनुसार बैठकले अध्यक्ष र वरिष्ठ उपाध्यक्ष पनि सातै प्रदेशका सातवटा वडामा जनतासँग माओवादी विशेष रुपान्तरण अन्र्तगत खटिने निर्णय भएको छ । 

यस्तै सबै पदाधिकारीको कार्यविभाजन तोकिएको छ भने रुपान्तरण अभियानको कार्यक्रम तय भएको छ । आगामी भदौ १६ गते एक समारोहकाबीच अभियानको शुभारम्भ गर्नेपनि केन्द्रीय कमिटी बैठकले निर्णय गरेको छ ।  केन्द्रीय कमिटी बैठकबाट जिम्मेवारी पाएका पदाधिकारीहरुले स्थायी र केन्द्रीय कमिटीका नेताहरुको कार्यविभाजनको टुंगो लगाएर सर्कुलर जारी गर्ने महासचिव देव गुरुङले जानकारी दिए । 

काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा पाँच दिन चलेको बैठक समापन गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठक एकअर्कालाई प्रशिक्षित गर्ने र अन्तरक्रिया गर्ने थलोका रुपमा प्रभावकारी भएको बताए ।  उनले भने, ‘यो बैठक आत्मालोचनाको बैठक पनि भयो । हामीले जतिबेला जनयुद्ध गर्ने भनेका थियौं, त्यतिबेला पनि नेताप्रति अविश्वास थियो । त्यसैगरी अहिलेसम्म पनि अबको बाटो कुन हो भनेर आलोचना खेप्नु परिरहेको छ ।’

अध्यक्ष प्रचण्डले पार्टीले जनसम्बन्धलाई बचाइराख्न नसकेकोे स्वीकार गरे ।  ‘हरेक असफलताको प्रयोगबाट फेरि उज्यालो बाटो देखिन थालेको छ । हामी माओवादी मात्र छैनौं, जनआन्दोलनबाट आएकाहरु पनि हुनुहुन्छ । यो सवै कुरालाई बुझ्न जरुरी छ’, प्रचण्डले भने, ‘अब हामी नयाँ बैचारिक स्तरबाट उठ्न जरुरी छ ।’

पार्टी रुपान्तरुणको अभियान आजैबाट सुरु भएको भन्दै अध्यक्ष प्रचण्डले अव पछि फर्कने छुट नभएको पनि बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन मृत्यु भयो भने पनि म आफ्नै भूमिमा मर्न चाहन्छु: शेख हसिना काठमाडौँको बुद्धनगरमा एक युवाले गरे आत्मदाहको प्रयास कर्णाली राजमार्ग अवरुद्ध फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो