2026-07-11 04:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

महिला कर्मचारीलाई बलात्कार प्रयास गर्ने स्वास्थ्य प्रमुखसहित २ जना पक्राउ

साउन २२, काठमाडौँ | कपिलवस्तुमा महिला कर्मचारीमाथि बलात्कार प्रयास गर्ने स्वास्थ्य प्रमुखसहित २ जना पक्राउ परेका छन् । शिवराज नगरपालिकाले सञ्चालन गरेको आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटाका प्रमुख लेखनाथ पौडेल र शिवराज नगरपालिका–३ बस्ने भुवन पाण्डेलाई पक्राउ परेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक शेखरजंग मल्लले जानकारी दिए ।

उनीहरूले साउन १२ गते राति डिउटीमा खटिएका महिला कर्मचारीमाथि मदिरा सेवन गरी बलात्कार प्रयास गरेको भन्दै पीडित महिलाले प्रहरीमा उजुरी दिएकी थिइन् ।

प्रहरीमा उजुरी परेपछि आरोपित दुवै जना फरार भएका थिए । फरार रहेका आरोपीलाई लुकेर बसेको अवस्थामा छुट्टाछुट्टै स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका आरोपितहरूलाई सोमवार नैं म्याद थप गरी कानूनी प्रक्रिया अगाडि बढाइने मल्लले बताए । नगरपालिकाले प्रहरीमा उजुरी परेसँगै स्वास्थ्य प्रमुख पौडेललाई जिम्मेवारीबाट हटाएको थियो । उनलाई नगरपालिकाले साउन २ गते मात्रै जिम्मेवारी दिएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन मृत्यु भयो भने पनि म आफ्नै भूमिमा मर्न चाहन्छु: शेख हसिना काठमाडौँको बुद्धनगरमा एक युवाले गरे आत्मदाहको प्रयास कर्णाली राजमार्ग अवरुद्ध फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो