2026-07-11 04:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सहमति खोज्न सभामुखसहित शीर्ष नेताहरू पुन: छलफलमा

साउन २२, काठमाडौँ  | सदन खुलाउन सत्ता र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताहरू पुन: छलफलमा जुटेका छन्।

बानेश्वरस्थित संघीय संसद भवनमा सभामुख देवराज घिमिरेसहित प्रधानमन्त्री पुष्पकमल दाहालसहित सत्ता र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतबीच सोमबार अपराह्न छलफल भएको हो।

छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि छन् भने कांग्रेस, एमाले र माओवादीका प्रमुख सचेतकहरू पनि सहभागी छन्।

संसद सुरू गर्ने विषयमा सभामुख घिमिरेले पहल गरिरहेका छन्।

आज दिउँसो पनि शीर्ष नेताहरूसँग सभामुख घिमिरेले छलफल गरेका थिए।

दलहरूबीच सहमति नभएकोले आज दिउँसो १ बजे बस्नुपर्ने प्रतिनिधि सभा बैठक पनि सुरू हुन सकेको छैन। अपराह्न ४ बजेसम्म प्रतिनिधि सभा बैठक स्थगित गरिएको थियो। 

प्रमुख प्रतिपक्षी एमालेले सुन प्रकरण छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग गर्दै सदन अवरोध गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन मृत्यु भयो भने पनि म आफ्नै भूमिमा मर्न चाहन्छु: शेख हसिना काठमाडौँको बुद्धनगरमा एक युवाले गरे आत्मदाहको प्रयास कर्णाली राजमार्ग अवरुद्ध फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो