2026-07-11 04:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

संखुवासभा कारागारमा दुई जनाको मृत्यु प्रकरण: ९ कैदी प्रहरीको नियन्त्रणमा

साउन २४, काठमाडौँ | जिल्ला कारागार संखुवासभामा दुई कैदीबन्दीको मृत्यु भएको घटनामा प्रहरीले ९ जना कैदीलाई नियन्त्रणमा लिएको छ। 

बुधबार दिउँसो आरोपित ९ कैदीलाई नियन्त्रणमा लिएर छुट्टै ठाउँमा राखिएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिए। 

कैदीबन्दीहरू संखुवासभा मादी नगरपालिका-५ का १९ वर्षीय विनोद तोलाङी र नुवाकोट ककनी गाउँपालिका-७ का २८ वर्षीय आकाश बलामीको मृत्यु भएको हो। बुधबार बिहान कारागारभित्र अचेत फेला परेका उनीहरूको उपचारको क्रममा मृत्यु भएको हो।

उक्त घटनापछि कैदीबन्दीहरूले नै आरोप लगाएका ९ जनालाई नियन्त्रणमा लिइएको कार्कीले बताए।

‘अरू कैदीबन्दीहरूले आरोप लगाएका ९ जनालाई नियन्त्रणमा लिएर छुट्टै स्थानमा राखेका छौं। भित्र सुरक्षाको चुनौती पनि हुनसक्ने भएकाले छुट्टै स्थानमा राखेका छौं,’ उनले भने, ‘उनीहरूको संलग्नता के-कति थियो भन्ने छानबिनपछि मात्रै थाहा हुन्छ।’

उनका अनुसार दुई जना कैदी बुधबार बिहान २ बजेतिर जेलबाट भाग्ने प्रयास गरेका थिए। उनीहरू शौचालयको झ्यालको रड काटेर भाग्न लागेका थिए।

उनीहरूले भाग्ने प्रयास गरेको थाहा पाएपछि प्रहरीले नियन्त्रणमा लिएर पुन: कारागारभित्र राखेको थियो। 

बिहान भने उनीहरू दुबै जना अचेत फेला परेका थिए। त्यसपछि उनीहरूलाई जिल्ला अस्पताल पुर्‍याइएको थियो।उपचारका क्रममा उनीहरू दुबै जनाको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी वीरेन्द्र गोदारका अनुसार कैदीहरूले उनीहरूमाथि लात्ती र मुक्काले हिर्काएको देखिएको छ।

सेल भित्र सिसिटिभी पनि नभएकाले क-कसको संलग्नता छ भन्ने छानबिनपछि मात्रै खुल्ने उनले बताए। 

‘घटना सेलभित्र भएको देखिन्छ। त्यहाँ सिसिटिभी राखिएको हुँदैन। अहिले नियन्त्रणमा आएका व्यक्तिहरू पनि अरूले आरोप लगाएकाले हो,’ डिएसपी गोदारले भने, ‘कारागारमा विभिन्न समूह हुने भयो। कसले गरेको हो भन्ने अनुसन्धानबाट ढिलो-चाँडो थाहा हुन्छ।’

जिल्ला प्रशासन कार्यालयले सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरे नेतृत्वको छानबिन समिति बनाएको छ। 

मृतक तोलाङी जबरजस्ती करणी मुद्दामा १८ वर्ष र बलामी चोरी मुद्दामा ३ वर्षको कैद भुक्तानी गरिरहेका थिए।

उनीहरू एक वर्षदेखि जिल्ला कारागारमा सजाय काटिरहेका थिए।

हाल कारागारमा १३८ कैदीबन्दी छन्। मृतक दुई कैदी बस्ने कोठामा मात्रै ३८ जना कैदीबन्दी छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन मृत्यु भयो भने पनि म आफ्नै भूमिमा मर्न चाहन्छु: शेख हसिना काठमाडौँको बुद्धनगरमा एक युवाले गरे आत्मदाहको प्रयास कर्णाली राजमार्ग अवरुद्ध फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो