2026-07-11 04:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

भगवती पाण्डे दोषी देखिए कारबाही हुन्छ, आन्दोलनकारीमाथि प्रहरीले दमन गरेकै हो : प्रधानमन्त्री प्रचण्ड

साउन २४, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अधिवक्ता भगवती पाण्डेलेमाथि दोषी देखिए कारबाही गर्ने बताएका छन् । तामाङ संस्कारमाथि पाण्डेले दिएको अभिव्यक्तिबारे आफूहरुले समीक्षा गरिरहेको बताए ।

विश्व आदिवासी दिवस समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘भगवती पाण्डेको अभिव्यक्तिमा संवेदनशिलता पैदा भएको छ । त्यसमा सरकार गम्भीर छ । हिजोमात्रै पनि गृहमन्त्रालय लगायत सम्बन्धित प्रहरी अधिकृतलाई राखेर घटनाको समिक्षा गरिएको छ । दोषीलाई कारबाही गर्ने प्रक्रिया अगाडि बढेको जानकारी गराउँछु । नेपाल बहुभाषिक, बहुजातीय देश भएको त्यहाँ एउटा सामाजिक सद्भाव र एक्यबद्धता रहेको सन्दर्भमा कुनै पनि जाति, भाषा र संस्कृतिमाथि अपमानित गर्ने कुनै पनि भाषा प्रयोग गर्नु विल्कुल सहन सकिने कुरा होइन ।’

त्यो घटनासँग जोडिएर आवाज उठाउने आन्दोलनकारीहरुमाथि प्रहरीले ज्यादति गरेको आफूहरुको ठहर रहेको बताए ।

उनले भने, ‘महिलाहरुलाई कोठाभित्र लगेर जुन किसिमको यातना दिइएको छ त्यसमा पनि दोषीमाथि कारबाही गर्ने प्रक्रिया अघि बढिसकेको जानकारी गराउँछु ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन मृत्यु भयो भने पनि म आफ्नै भूमिमा मर्न चाहन्छु: शेख हसिना काठमाडौँको बुद्धनगरमा एक युवाले गरे आत्मदाहको प्रयास कर्णाली राजमार्ग अवरुद्ध फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो