2026-07-11 04:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

गृहमन्त्रीलाई रविको प्रश्न- राजश्वले गरिरहेको अनुसन्धान कुन कानुनअनुसार सिआइबीलाई दिइयाे ?

साउन २४, काठमाडौँ | नेकपा एमालेले निरन्तर संसद् अवरुद्ध गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीले संसद् भवनबाहिरै संसदको अभ्यास प्रस्तुत गरेको छ। बुधबार प्रतिनिधिसभा बैठक स्थगित भएपछि रास्वपाले संसद भवन अगाडि पार्टीका सांसदहरु भेला भइ संसदको अभ्यास प्रस्तुत गरेको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका सभापति रवि लामिछानेले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मंगलवार संसदमा दिएको जवाफ चित्तबुझ्दो नरहेको प्रतिक्रिया दिए। राजश्व अनुसन्धान विभागले गरिरहेको अनुसन्धान सिआईबीलाई दिन कुन कानूनले दियो ? भन्दै उनले प्रश्न गरेका छन्।


‘सिआईबीलाई नदिने भनेको होइन। मैले सिआईबीलाई दिने कुराको बिरोध गरेको पनि होइन । कुनैपनि प्रक्रियामा जाँदा कुनै न कुनै कानूनलाई टेकेर गर्नुपर्छ । हामी कानूनी राज्यमा छाँै । आम नेपाली जनतालाई स्पष्ट पारिदिनुहोला की कुन कानूनमा टेकेर (गृहमन्त्रीले) यो राजश्व अनुसन्धानबाट सिआईबीमा लैजानुभयो,’ उनले भने। 

सुन तस्करी प्रकरणमा ठूला व्यक्ति र निकायहरुको संलग्नता रहेको सभापति लामिछानेको दाबी छ। विमानस्थलबाट पास हुनुले सुरक्षा निकाय र भन्सार विभागको मिलेमतो छैन भनेर सन्तुष्ट हुन नसकिने उनको तर्क छ। लामिछानेले भन्सार विभागका केही कर्मचारी मात्रै हटाएर अनुसन्धान गर्दा अनुसन्धान न्यायपूर्ण हुन नसक्ने बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन मृत्यु भयो भने पनि म आफ्नै भूमिमा मर्न चाहन्छु: शेख हसिना काठमाडौँको बुद्धनगरमा एक युवाले गरे आत्मदाहको प्रयास कर्णाली राजमार्ग अवरुद्ध फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो