2026-07-11 04:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

कारागारभित्र कैदी मृत्यु प्रकरण : सुरक्षार्थ खटिएका १० प्रहरी अधिकारीमाथि छानबिन

साउन २६, संखुवासभा | जिल्ला कारागार, संखुवासभामा दुई कैदीको मृत्यु भएको विषयमा १० जना प्रहरी अधिकारीमाथि छानबिन सुरु भएको छ । मृतकको परिवारले दुई कैदीको प्रहरीको कुटपिटबाट मृत्यु भएको आरोप लगाएपछि कारागार सुरक्षामा खटिएका प्रहरीमाथि छानिबन सुरु भएको हो ।

कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी राजेशनाथ बाँस्तोलाले प्रहरीबाट सुरक्षार्थ खटिएका १० जना र कैदीबन्दीमध्ये ९ जनालाई छानबिनको दायरामा ल्याइएको अनलाइनखबरलाई बताए । उनका अनुसार, बुधबार बिहान १ बजे कैदी विनोद तोलांगी र आकाश बलामी कारागारको शौचालयको झ्यालको रड काटेर भाग्न खोजेका थिए ।

त्यसक्रममा नियन्त्रणमा लिएपछि कारागारभित्र झडप र कुटपिट हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । घटना के कारण भयो भन्ने विषयमा अनुसन्धान भइरहेको संखुवासभाका डीएसपी वीरेन्द्र गोदारले बताए ।

प्रकरणको छानबिनका लागि प्रदेश प्रहरी कार्यालयले एसपी ऋषिराम कँडेलको नेतृत्वमा छानबिन समिति बनाएको छ । जिल्ला प्रशासन कार्यालय, संखुवासभाले पनि सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेको नेतृत्वमा समिति बनाएको छ ।

कारागार व्यवस्थापन विभागलेपनि निर्देशक कमल पाण्डेको नेतृत्वमा समिति बनाएर जाँच गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन मृत्यु भयो भने पनि म आफ्नै भूमिमा मर्न चाहन्छु: शेख हसिना काठमाडौँको बुद्धनगरमा एक युवाले गरे आत्मदाहको प्रयास कर्णाली राजमार्ग अवरुद्ध फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो