२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नेपाली कांग्रेसका नेता प्रदीप गिरिको अस्तु विसर्जनका लागि काशी लगियो

२०८०, २ भाद्र शनिबार १०:०९

भदौ २, काठमाडौँ | नेपाली कांग्रेसका बौद्धिक नेता, राजनीतिज्ञ एवं समाजवादी चिन्तक स्वर्गीय प्रदीप गिरिको अस्तु भारतको बनारसस्थित काशीमा विसर्जन गरिने भएको छ । ‘प्रदीप गिरि पावन स्मृति आयोजक समिति’ले स्व गिरिको अस्तु काठमाडौँको पशुपतिनाथबाट काशीसम्मको यात्रा गरी गङ्गा नदीमा विसर्जन गर्न लागेको हो । 

नेपाली कांग्रेसका केन्द्रीय समिति सदस्य गुरु बरालको नेतृत्वमा ३५ जनाको टोली अस्तु विसर्जन यात्रामा सहभागी भएको छ । काठमाडौँदेखि काशीसम्मको यात्रा टोलीलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधिले शनिबार पशुपति क्षेत्रमा आयोजित एक कार्यक्रमकाबीच स्व गिरिको अस्तु हस्तान्तरण गरेरे बिदाइ गरे ।     

गिरिको स्मृति दिवसका अवसरमा आज पशुपतिनाथ मन्दिर परिसरमा आयोजित ‘लोक एवं लोकतन्त्र सेतु गाथा’ विषयक श्रद्धाञ्जली अर्पण एवं सभाका वक्ताले राजनीतिक र समाजवादी चिन्तक गिरिको व्यक्तित्व तथा राजनीतिक एवं सामाजिक क्षेत्रमा गर्नुभएको योगदानका बारेमा उनलाई स्मरण गरेका थिए । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधिले स्व गिरि एक अदभूत व्यक्तित्व रहेका बताउँदै उनको अहिले व्याख्या विश्लेषण गरेर अधुरो हुने बताए।     

स्व गिरि नेपाली राजनीतिमा मात्रै नभई भारतीय नेताहरुको राजनीतिक गुरुसमेत रहेका नेता निधिले व्याख्या गरे । “प्रदीप गिरि, अदभुद व्यक्ति हुनुहुन्थ्यो । विचारक, साहित्यकार, लोकतन्त्रवादी, समाजवादी, नेपालका कम्युनिष्ट पार्टीका प्रेरणा मात्रै हैन आम बुद्धिजीवी, वर्ग समुदायका साथै उहाँ त्योभन्दा माथि एक अदभुद व्यक्ति हुनुहुन्थ्यो”, नेता निधिले भने ।    

नेता निधिको विचारमा स्व गिरि स्वतन्त्रताप्रेमी ‘व्यक्तिगत जीवनमा अव्यवस्थित तर विचारमा अत्यन्तै सङ्गठित’ रहेका थिए । कांग्रेस नेता निधिले तत्कालीन समयमा गिरिले भारतका नेतालाई नेपालको जनआन्दोलनका पक्षमा समर्थन जनाएर माहोल बनाउन भूमिका खेलेको स्मरण गरे ।     

नेकपा (माओवादी केन्द्र) का सचिव राम कार्कीले स्व.गिरि नेपालको मौलिक परिवेशको समाजवादको भगिरथ प्रयासरत रहेको उल्लेख गर्दै उनको अधुरो सपनालाई साकार पार्न अहिलेको युवापुस्ताले ध्यान दिनुपर्ने खाँचो औँल्याए । उनले आधुनिक राजनीतिमा युवापुस्तालाई विचारसँग जोड्न र सक्षम बनाउन गिरिको महत्वपूर्ण भूमिका रहेको उनले उल्लेख गरे । मुलुकको राजनीति ठिक ढङ्गले अघि नबढ्दासम्म देशको विकास र समृद्धिले फड्को मार्न नसक्ने उनको तर्क थियो ।    

नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले गिरिको बौद्धिक, राजनीतिक र सामाजिक व्यक्तिका बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा वरिष्ठ पत्रकार हरिहर विरही, साहित्यकार धीरेन्द्र प्रेमर्शीलगायत गिरिका अनुयायीको उपस्थिति थियो । प्रदीप गिरि पावन स्मृति आयोजक समितिका अध्यक्ष रामपल्टन साहले स्व गिरिको विचार, आदर्श र सिद्धान्तलाई आत्मसात गर्दै देशमा मात्रै नभएर भारत वर्षको सेतुबाँधका रुपमा प्रचारप्रसार गरिनुपर्नेमा जोड दिए ।

स्व. गिरिको अस्तु विसर्जन यात्रा आज काठमाडौँबाट हेटौँडासम्मको हुनेछ ।  आइतबार वीरगञ्जमा बिहान गिरिका अनुयायीको उपस्थितिमा श्रद्धाञ्जलि अर्पणसँगै भारतको बनारसका लागि यात्रा अघि बढ्नेछ । राति बनारस पुगेर गङ्गा नदीको मणिकर्निका घाटमा विधिअनुसार स्व गिरिको अस्तु विसर्जन गरिनेछ । भदौ ४ गते बनारस विश्वविद्यालयमा

भारतीय नेताको उपस्थितिमा प्रदीप गिरिको स्मृति कार्यक्रम गरिने बताइएको छ । सोही दिन साँझ प्रार्थनासभा आयोजना हुनेछ । यात्रा टोली भदौ ५ गते काठमाडौँ फर्कने अध्यक्ष शाहले जानकारी दिए । पशुपतिनाथ–काशी यात्राको संयोजन गरेका कांग्रेस केन्द्रीय सदस्य गुरु बरालले प्रदीप गिरिका मित्रसँगको अन्तक्र्रिया उनी बसेका विभिन्न ठाउँको भ्रमण गरी उनको प्रचारप्रसार गर्ने कार्यक्रम रहेको जानकारी दिए ।

विसं २००४ असोज २४ गते जन्मिएका गिरिको ७५ वर्षको उमेरमा २०७९ भदौ ४ गते दुःखद् निधन भएको थियो । विसं २०२४ मा भारतको बनारसमा रहँदा नेपाल छात्र सङ्घको उपाध्यक्ष हुँदै राजनीतिक जीवन अघि बढाएका नेता गिरिले कांग्रेस केन्द्रीय सदस्यसम्मको जिम्मेवारीमा बसेर काम गरेका थिए । निष्ठाप्रति अटल, सादगी जीवन र प्रष्ट दृष्टिकोणका धनी नेता गिरिले जवाहरलाल नेहरू विश्वविद्यालयबाट अर्थशास्त्र र दर्शनशास्त्रमा स्नातकोत्तर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना