2026-07-11 02:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

संसद अवरोध संविधानसम्मत र नियमसंगत छैनः सुवास नेम्वाङ

भदौ २, धुलिखेल | नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले संसद अवरोध संविधानसम्मत र नियमसम्मत नभएको बताएका छन्।

शनिबार धुलिखेलमा आयोजित ‘संसद र सञ्चार सम्बन्ध’ विषयक अन्तरक्रिया कार्यक्रममा संविधानसभाका अध्यक्षसमेत रहेका नेम्वाङले संसदीय अभ्यासमा संसद अवरोध नियमसंगत नहुने बताएका हुन्।

तर पटकपटक भइरहेका संसद अवरोधको औचित्य राजनीतिक तवरले पुष्टि गर्न दलहरूले सक्नुपर्ने उनले बताए।

‘नियमले अवरोध गर्न मिल्दैन, संविधानले पनि अनुमति दिएको छैन, राजनीतिकरुपमा गरिने हुनाले यसको पुनःपुष्टि गर्ने सम्बन्धित दलको जिम्मेवारी हो,’ उनले भने।

नेम्वाङले संविधानसम्मत नभएको भनेपनि उनै उपाध्यक्ष रहेको प्रमुख प्रतिपक्षी दल एमालेले  लगातार संसद अवरूद्ध गर्दै आएको छ। एमालेको अवरोधका कारण ‍प्रतिनिधि सभा र राष्ट्रिय सभामा लामो समयदेखिको कार्यसूची अगाडि बढ्न सकेको छैन।

 सदनमा भइरहेको अवरोधप्रति कुनैपनि हालतमा सकारात्मक हुन नसक्ने  पूर्वप्रधान्यायाधीश कल्याण श्रेष्ठ बताउँछन्।

श्रेष्ठले भने‘सदन अवरुद्ध मलाई मन परेको छैन, अवरोध नगरौँ, संवाद गरौँ, संवादको विकल्प संवाद मात्रै हो । अहिले भइरहेको अभ्यासले संसदीय पद्धतिको विकासमा सहयोग गर्दैन कि भन्ने शंका उब्जिएको छ,’।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कर्णाली राजमार्ग अवरुद्ध फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित