- स्वदेशमा स्वास्थ्य परीक्षण गर्नु भनेको आफू विदेशमा काम गर्न शारीरिक रूपमा सक्षम छु वा छैन भनी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

- स्वदेशमा स्वास्थ्य परीक्षण गर्नु भनेको आफू विदेशमा काम गर्न शारीरिक रूपमा सक्षम छु वा छैन भनी"/>

१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

वैदेशिक रोजगारमा जान स्वास्थ्य परीक्षण किन र केका लागि आवश्यक पर्छ ?

२ भाद्र २०८०, शनिबार १७:३६

वैदेशिक रोजगारमा जान स्वास्थ्य परिक्षण गर्नुपर्छ ।


- स्वदेशमा स्वास्थ्य परीक्षण गर्नु भनेको आफू विदेशमा काम गर्न शारीरिक रूपमा सक्षम छु वा छैन भनी जाँच गरी रिपोर्ट निकाल्ने प्रक्रिया हो । यसले गर्दा विदेशमा हुने मेडिकल चेकअप (स्वास्थ्य परीक्षण) मा समस्या हुँदैन ।

स्वदेशमा स्वास्थ्य परीक्षण गर्दा फेल हुँदा–हुँदै पनि गलत रिपोर्ट बनाएर विदेश जाँदा त्यहाँ हुने स्वास्थ्य परीक्षणमा फेल भइन्छ र स्वदेश फर्कनुपर्ने हुन्छ । यसबाट विदेश जाँदा गरेको लगानी डुब्न सक्छ ।

- आफू स्वस्थ छु भन्ने मेडिकल रिपोर्ट पेस गरेपछि मात्र विदेशबाट भिसा (ख्ष्कब) आउँछ । साथै, नेपाल सरकारले पनि श्रम स्वीकृति प्रदान गर्ने हुँदा कानूनी तवरबाट विदेश जान पाइन्छ ।

- विदेशी कम्पनीहरूले निरोगी व्यक्तिहरूलाई मात्र काममा लगाउने हुँदा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सुचीकृत स्वास्थ्य व्यवसायी संस्थाबाट मात्र आफ्नो स्वास्थ्य परीक्षण गराई होलोग्राम टाँसेको मेडिकल रिपोर्टको कार्ड लिनुपर्दछ ।

- होलोग्राम टाँसेको मेडिकल रिपोर्ट भएमा मात्र यहाँ (स्वदेशमा) मेडिकल चेकअप गरेको दिनदेखि ९० दिन भित्रमा विदेशमा हुने मेडिकल चेकअपमा मेडिकल फेल भइ स्वदेश फर्कनु परेमा स्वदेश फर्केको ३५ दिन भित्रमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा क्षतिपूर्तिका लागि निवेदन दिन सकिन्छ ।

- क्षतिपूर्तिका लागि स्वदेशमा स्वास्थ्य परीक्षण गराएको सक्कलै मेडिकल रिपोर्टको प्रति, स्वास्थ्यको कारणले स्वदेश फर्किनुपरेको प्रमाणित गर्ने कागजात, होलोग्राम भएको मेडिकल रिपोर्ट कार्ड, श्रम स्वीकृती, विदेशमा मेडिकल चेकअप गरेको मिति खुल्ने कागजात, पासपोर्टको प्रतिलिपी, विदेश जाँदा र फर्किदाका हवाइ टिकट, बोर्डिङ्गपास, स्वास्थ्य व्यवसायी महासंघको रसिद लगायतका तोकिए बमोजिमका अन्य कागजातहरु समेत संलग्न गरी निवेदन दिनु पर्नेछ ।

- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले क्षतिपूर्तिका लागि प्राप्त निवेदन विशेषज्ञ समितिमा पठाउने र उक्त समितिले स्वदेशमा सुचीकृत संस्थाले गलत मेडिकल रिपोर्ट दिएका कारण कामदार स्वदेश फर्किनुपरेको भनी कामदारले पेश गरेका कागजातका आधारमा पुष्टि गरेमा सम्बन्धित सुचीकृत स्वास्थ्य व्यवसायी संस्थाले सम्बन्धित कामदारलाई विदेश जाँदा र फर्किदाँको आतेजाते लगायतको खर्च क्षतिपूर्ति वापत् उपलब्ध गराउने व्यवस्था वैदेशिक रोजगार नियमावलीले गरेको छ । र, यसरी गलत मेडिकल रिपोर्ट बनाउने सुचीकृत संस्थालाई कानूनबमोजिम कारवाही समेत गर्ने प्रावधान रहेकोछ ।

- नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट स्वीकृत भएका मेडिकल सेन्टरबाट मात्र मेडिकल चेकअप गराउनु पर्दछ, नत्र आर्थिक लगायतका विभिन्न शोषणमा पर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन