- स्वदेशमा स्वास्थ्य परीक्षण गर्नु भनेको आफू विदेशमा काम गर्न शारीरिक रूपमा सक्षम छु वा छैन भनी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

- स्वदेशमा स्वास्थ्य परीक्षण गर्नु भनेको आफू विदेशमा काम गर्न शारीरिक रूपमा सक्षम छु वा छैन भनी"/>

2026-07-11 12:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

वैदेशिक रोजगारमा जान स्वास्थ्य परीक्षण किन र केका लागि आवश्यक पर्छ ?

वैदेशिक रोजगारमा जान स्वास्थ्य परिक्षण गर्नुपर्छ ।


- स्वदेशमा स्वास्थ्य परीक्षण गर्नु भनेको आफू विदेशमा काम गर्न शारीरिक रूपमा सक्षम छु वा छैन भनी जाँच गरी रिपोर्ट निकाल्ने प्रक्रिया हो । यसले गर्दा विदेशमा हुने मेडिकल चेकअप (स्वास्थ्य परीक्षण) मा समस्या हुँदैन ।

स्वदेशमा स्वास्थ्य परीक्षण गर्दा फेल हुँदा–हुँदै पनि गलत रिपोर्ट बनाएर विदेश जाँदा त्यहाँ हुने स्वास्थ्य परीक्षणमा फेल भइन्छ र स्वदेश फर्कनुपर्ने हुन्छ । यसबाट विदेश जाँदा गरेको लगानी डुब्न सक्छ ।

- आफू स्वस्थ छु भन्ने मेडिकल रिपोर्ट पेस गरेपछि मात्र विदेशबाट भिसा (ख्ष्कब) आउँछ । साथै, नेपाल सरकारले पनि श्रम स्वीकृति प्रदान गर्ने हुँदा कानूनी तवरबाट विदेश जान पाइन्छ ।

- विदेशी कम्पनीहरूले निरोगी व्यक्तिहरूलाई मात्र काममा लगाउने हुँदा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सुचीकृत स्वास्थ्य व्यवसायी संस्थाबाट मात्र आफ्नो स्वास्थ्य परीक्षण गराई होलोग्राम टाँसेको मेडिकल रिपोर्टको कार्ड लिनुपर्दछ ।

- होलोग्राम टाँसेको मेडिकल रिपोर्ट भएमा मात्र यहाँ (स्वदेशमा) मेडिकल चेकअप गरेको दिनदेखि ९० दिन भित्रमा विदेशमा हुने मेडिकल चेकअपमा मेडिकल फेल भइ स्वदेश फर्कनु परेमा स्वदेश फर्केको ३५ दिन भित्रमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा क्षतिपूर्तिका लागि निवेदन दिन सकिन्छ ।

- क्षतिपूर्तिका लागि स्वदेशमा स्वास्थ्य परीक्षण गराएको सक्कलै मेडिकल रिपोर्टको प्रति, स्वास्थ्यको कारणले स्वदेश फर्किनुपरेको प्रमाणित गर्ने कागजात, होलोग्राम भएको मेडिकल रिपोर्ट कार्ड, श्रम स्वीकृती, विदेशमा मेडिकल चेकअप गरेको मिति खुल्ने कागजात, पासपोर्टको प्रतिलिपी, विदेश जाँदा र फर्किदाका हवाइ टिकट, बोर्डिङ्गपास, स्वास्थ्य व्यवसायी महासंघको रसिद लगायतका तोकिए बमोजिमका अन्य कागजातहरु समेत संलग्न गरी निवेदन दिनु पर्नेछ ।

- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले क्षतिपूर्तिका लागि प्राप्त निवेदन विशेषज्ञ समितिमा पठाउने र उक्त समितिले स्वदेशमा सुचीकृत संस्थाले गलत मेडिकल रिपोर्ट दिएका कारण कामदार स्वदेश फर्किनुपरेको भनी कामदारले पेश गरेका कागजातका आधारमा पुष्टि गरेमा सम्बन्धित सुचीकृत स्वास्थ्य व्यवसायी संस्थाले सम्बन्धित कामदारलाई विदेश जाँदा र फर्किदाँको आतेजाते लगायतको खर्च क्षतिपूर्ति वापत् उपलब्ध गराउने व्यवस्था वैदेशिक रोजगार नियमावलीले गरेको छ । र, यसरी गलत मेडिकल रिपोर्ट बनाउने सुचीकृत संस्थालाई कानूनबमोजिम कारवाही समेत गर्ने प्रावधान रहेकोछ ।

- नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट स्वीकृत भएका मेडिकल सेन्टरबाट मात्र मेडिकल चेकअप गराउनु पर्दछ, नत्र आर्थिक लगायतका विभिन्न शोषणमा पर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कर्णाली राजमार्ग अवरुद्ध फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित