२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

वैदेशिक रोजगारमा जाने व्यक्तिहरुले यी १२ अत्यावश्यक कागजातहरु घरपरिवारको साथमा पनि छोड्नुपर्छ

२०८०, ४ भाद्र सोमबार ०३:५३

वैदेशिक रोजगारमा जाने युवाहरुले तल उल्लिखित कागजातहरु घर परिवारको साथमा छोडेमा विदेशमा रहँदाका वखत कुनै समस्यामा परेमा समस्याबाट छुट्कारा/उन्मुक्ति पाउनका लागि उक्त कागजातहरु सहयोगी हुनेछन् । साथै, उक्त कागजातको सहायतामा कामदारको उद्धार गर्न सम्बन्धित निकाय तथा परिवारलाई समेत मद्दत पुग्नेछ । 


१. पासपोर्ट (राहदानी) को प्रतिलिपी,

२. मेडिकल रिपोर्ट (स्वास्थ्य परीक्षण प्रमाण) को प्रतिलिपी,

३. भिसा (प्रवेशाज्ञा) को प्रतिलिपी,

४. ओरेन्टेसन ट्रेनिङ सर्टिफिकेट (अभिमुखीकरण तालिम प्रमाणपत्र) को प्रतिलिपी,

५. देशगत रुपमा प्रहरी प्रतिवेदन आवश्यक भएमा त्यसको प्रतिलिपी,

६. इन्स्योरेन्स पोलिसी (बिमा अभिलेख) बिमा गरिएको कागजातको प्रतिलिपी,

७. वैदेशिक रोजगार कल्याणकारी कोषमा जम्मा गरेको रकमको रसिदको प्रतिलिपी,

८. एग्रिमेन्ट लेटर (करारनामा) को प्रतिलिपी,

९. लेवर पर्मिसन स्टिकर (श्रम स्वीकृति) को प्रतिलिपी,

१०. एयर टिकट (हवाई टिकट) को प्रतिलिपी,

११. नागरिकता (नागरिकताको प्रतिलिपी आफ्नै साथमा राख्नुपर्दछ),

१२. सम्बन्धित मेनपावर कम्पनीको नाम, ठेगाना र सम्पर्क नम्बर, आदि ।

रोजगारीका लागि विदेश पुगिसकेपछि उपरोक्त बमोजिमका सम्पुर्ण कागजातका एक/एक प्रति आफ्नो साथमा राख्नका लागि स्वदेशमा नै रहँदा बन्दोबस्त मिलाउनु पर्दछ । विदेशमा रहँदा, घुम्न निस्कदा वा जुनसुकै अवस्थामा पनि आफ्नो परिचय खुल्ने पासपोर्ट वा परिचयपत्र (आइ.डि.कार्ड) सधैँ साथमा राखिरहनु पर्दछ । अन्यथा प्रहरीले कुनै पनि बेला पक्राउ/सोधपुछ गर्न सक्दछ र हैरानी खेप्नु पर्ने हुन सक्छ । 

साथै आफ्ना अत्यावश्यक परिचयपत्र र कागजातहरु आफ्नो मोबाइलमा तथा इमेलमा समेत सुरक्षित राखेमा जुनसुकै बेला आवश्यक परेमा सहज हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु