२०८३, ५ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सबै समुदायलाई न्याय हुने गरी संविधान संशोधन हुन्छ: प्रधानमन्त्री

२०७३, १७ आश्विन सोमबार ०६:४२

असोज १७, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधनका क्रममा मधेस, थारु र मगर समुदायलाई न्याय हुने गरी सहमतिको प्रयास जारी रहेको बताउनुभएको छ । 

संविधानमा सबैको भावनालाई समेट्ने प्रयास भइरहेको भन्दै प्रधानमन्त्रीले जनताको आवश्यकता र चाहनालाई ख्याल गरेर अगाडि बढ्न वर्तमान सरकार प्रयत्नशील रहेको बताउनुभयो । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज सर्वपक्षीय मगर प्रतिनिधिहरुसँगको भेटमा प्रधानमन्त्रीले भन्नुभयो – “सङ्घीय संरचनामा अन्य विषय आधारभूत रुपमा मिलेकै छ । तर थारु, मधेसी र मगर समुदायको क्षेत्र मिलेको छैन, अलगअलग पर्न गयो । यसलाई संशोधन गर्दा मिलाउने प्रयत्न जारी छ ।” 

संविधान घोषणा गर्दा केही विषयहरु छुटेको सबै पक्षलाई अनुभव भएको भन्दै उहाँले आधारभूत रुपमा मिलाइने बताउनुभयो । 

भेटमा प्रधानमन्त्रीले हिमाल, पहाड र तराई सबैको भावना समेटेर आन्तरिक एकता बलियो पार्न सरकार क्रियाशील रहेको बताउनुभयो । 

भेटका क्रममा मगर प्रतिनिधिहरुले स्वायत्त मगरात प्रदेशको व्यवस्था, समावेशी, समानुपातिक प्रतिनिधि, गाउँपालिका र नगरपालिका निर्माणमा सामुदायिक सघनताका आधारमा हुनुपर्ने, आदिवासी, जनजातिका प्रथाजन्य कानुनलाई वैधानिकता दिनुपर्नेलगायतका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । 

सो अवसरमा नेकपा (माओवादी केन्द्र)का नेता रामबहादुर थापाले संविधानमा केही सकारात्मक विषयहरु रहेको भए पनि पूर्ण नभएको भन्दै संशोधनमार्फत भएपनि पछाडि पारिएका क्षेत्रको माग सम्बोधन गर्नुपर्ने धारणा राख्नुभएको थियो । 

नेकपा (माओवादी केन्द्र)का नेता सुरेश आलेमगरले सङ्घीय संरचनामा नेपालका आदिवासी जनजाति समुदायको माग र भावनालाई सम्बोधन गर्नुपर्नेमा आफूहरुले जोड दिएको जानकारी दिुनभयो । 

प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन प्रमुख राजनीतिक दल सम्बद्ध आदिवासी जनजातिका नेताहरु बालुवाटार पुग्नुभएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अब अनलाइन माध्यमबाटै प्रहरीमा उजुरी तथा गुनासो दर्ता गर्न सकिने यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु प्रधानन्यायाधीशको शपथ ६:१० बजे दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता मन्त्रीपरिषद बैठक सुरु नक्कली लालपुर्जा बनाएर जग्गा पास गराउन खोज्ने तीन जना पक्राउ विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट भगवानको रक्षा गर्नुपर्ने बेला भएको छ : सांसद खरेल सरकारको नीति गरिब होइन, गरिबी भगाउने हुनुपर्छ: विष्णुमाया बिक प्रतिनिधिसभाको बैठक सुरु प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक सुन-चाँदीको मूल्य बढ्यो विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय घुस लिएको अभियोगमा नायब सुब्बाविरुद्ध मुद्दा दायर नेप्सेमा सामान्य गिरावट स्कटल्यान्डविरुद्ध नेपाल ६ विकेटले विजयी एमाले सचिवालय बैठक जारी सुनको मूल्य बढ्यो नेपाललाई स्कटल्याण्डले दियो १९५ रनको सामान्य लक्ष्य वायु प्रदर्शनका कारण धेरैजना क्यान्सर पीडित भएका छन् : इन्दिरा राना मगर