११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

पुराना दलमा अझै राणा शासन कायम छ : रवि लामिछाने

२९ आश्विन २०८०, सोमबार ०७:१८

असोज २९, काठमाडौँ |  राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेले पुराना दलमा अझै पनि राणा शासन कायमै रहेकाले आफूहरु नयाँ रुपमा त्यसलाई भत्काएर नयाँ संस्कार राजनीतिमा बसाल्न आएको दावी गरे। उनले राजनीतिक दल एउटा चुनावबाट अर्को चुनावमा लक्षित हुनु नहुने पनि बताए। 


सोमबारबाट सुरु भएको पार्टीको नीति मन्थन कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्। उनले राजनीतिक दल एउटा चुनावबाट अर्को चुनावमा लक्षित नभई एउटा पुस्ताबाट अर्को पुस्तामा लक्षित हुनुपर्ने  भन्दै  राजनीतिक दलका विचार, अभिव्यक्तिहरु स्पष्ट नआउँदा अनुमानको घेरामा आफूहरु पनि परेको बताए। 

उनले यो परिवर्तनमा सारा जीवन बिताएका नेताहरुप्रति कहिलेकाहीँ विषय केन्द्रित कटाक्ष गरे पनि मुलुकको परिवर्तनमा उहाँहरुले दिएको योगदानलाई अवमूल्यन गर्ने आँट, साहस र योजना नरहेको बताए। उनले परिवर्तनलाई अवमूल्यन गर्ने ध्येय आफूहरुको नरहेको पनि बताए। 

‘राजनीतिक दल एउटा चुनावबाट अर्को चुनावमा लक्षित नभई एउटा पुस्ताबाट अर्को पुस्तामा लक्षित हुनुपर्छ। कहिलेकाहीँ राजनीतिक दलका विचार, अभिव्यक्तिहरु स्पष्ट नदिई शंका नै शंका, आशंका नै आशंकामा हामीलाई पनि राखिएको छ,’ उनले भने, ‘यो परिवर्तनमा आफ्नो सारा जीवन बिताएका नेताहरुप्रति कहिलेकाहीँ कटाक्ष गरेको मात्र यहाँहरुले सुन्नुभएको छ होला, विषय केन्द्रित कटाक्ष हुन सक्छन् तर समग्रमा मुलुकको परिवर्तनमा उहाँहरुले दिएको योगदानलाई अवमूल्यन गर्ने न आँट, न शाहस न योजना छ। परिवर्तनमलाई अवमूल्यन गर्ने ध्येय हुँदैन।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेशियामा बिदेशी कामदारको अधिकारका लागि ऐतिहासिक कानूनी जित त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान